Logo
१५ चैत्र २०८०, बिहीबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत सरकारका तर्फबाट स्थानीय चुनाव सफलताको कामना

काठमाण्डौं, वैशाख २३: भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचन सफलताको कामना गरेकी छन् ।

सातौंपटक भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतसँगको भेटमा स्वराजले भारत सरकारका तर्फबाट स्थानीय चुनाव सफलताको कामना गरेकी हुन् ।

भेटवार्तामा नेपालमा हुन लागेको स्थानीय निर्वाचन तथा द्विपक्षीय सम्बन्धका बहुआयामिक विषयमा छलफल भएको जानकारी परराष्ट्रमन्त्री महतले कान्तिपुरलाई दिए ।

‘नेपालमा हुन गइरहेको निर्वाचनबारे जानकारी गराएँ । उहाँले छिमेकमा हुन लागिरहेको लोकतान्त्रिक अभ्यासको सफलताको शुभकामना व्यक्त गर्नुभयो,’ भेटपछि महतले भने, ‘दुई देशबीच जारी विकास परियोजना तथा सहकार्यबारे पनि छलफल भयो ।’

भारतीय विदेशमन्त्रीले पछिल्लो समय दुई देशबीचका उच्चस्तरीय भेटवार्ता तथा भ्रमणले सम्बन्ध अझ सुदृढ बनाएको बताएको जानकारी महतले दिए । महत नेपाली दूतावासले आयोजना गरेको एक कार्यशालामा सहभागी हुन दिल्ली आएका हुन् ।

प्रकाशित मिति: May 6, 2017

प्रतिक्रिया दिनुहोस्