Logo
१२ बैशाख २०८१, बुधबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस र माओवादीको बैठकपछि नेताहरुले प्रतिक्रिया दिन मानेनन्

काठमाडौं, वैशाख २२ : कार्यपालिका न्यापालिकावीच वाक यूद्ध झै रहेको स्थितीमा प्रधानन्यायाधीस सुशीला कार्की विरुद्धको महाभियोगबारे सर्वोच्च अदालतको अन्तरिम आदेशपछि बसेको सत्तारुढ प्रमुख दुई दलको बैठक सकिएको छ ।

तर शुक्रबार बेलुका बैठकबाट बाहिरिएका नेताहरु पत्रकारहरुलाई कुनै प्रतिक्रिया नदिई हुइँकिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा केही मन्त्रीहरुसहित सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा बदलिँदो राजनीतिक घटनाक्रमबारेमा छलफल भएको हो ।

वैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु रमेश लेखक, बालकृष्ण खाँड, जनार्दन शर्मा, महाभियोगका प्रस्ताव मीनबहादुर विक, माओवादी केन्द्रका सांसद तथा अधिवक्ता रामनारायण विडारी लगायत सहभागी थिए ।

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्