Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किशोर थापालाई ‘क्यामरा’ र रञ्जुलाई ‘इस्टकोट’ चुनाव चिन्ह

काठमाडौं, वैशाख २२ :  काठमाडौंका मुख्य निर्वाचन अधिकृतले काठमाडौं महानगरपालिकाको मेयरमा उठेका किशोर थापालाई क्यामरा चुनाव चिन्ह दिएको छ । थापा साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेका हुन् ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी २१ वर्षिया उम्मेद्वार रञ्जु दर्शनाले चुनाव चिन्ह इस्टकोट पाएकी छन् । मुख्य निर्वाचन अधिकृतले उनलाई इस्टकोट चुनाव चिन्ह दिएको हो । उनी विवेकशील नेपाली पार्टीकी उम्मेद्वार हुन् ।

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्