Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ शक्तिका उम्मेद्वार खोज्दा भेटिए १५ युवती

काठमाडौं, वैशाख २२ : नयाँ शक्तिका उम्मेद्वार मदन गिरी अपहरणमा परेको सूचना पाएसँगै प्रहरी उनको खोजिमा लाग्यो । गत बुधवार एकाएक गायव भएका गिरीको खोजीमा प्रहरीले बिहीबार राती काठमाडौंको गोंगवुमा रहेका होटल तथा गेष्ट हाउसहरुमा छापा मारेको थियो । ‘गिरीलाई कतै होटलमा बन्धक बनाएर राखिएको त छैन्’ भन्नै शंका बोकेर गोंगवु एरियामा पुगेको प्रहरी छिनभरमा चकित भयो ।

गोंगवुका होटलमा लक्का जवान युवतीहरु आपत्तिजन अवस्थामा फेला परेपछी सर्च अपरेशनमा गएको टोलीले काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीलाई सोधे, ‘सर, यहाँ त होटलैपिच्छे वेश्यावृद्धि हुँदोरहेछ, धेरै युवतीहरु आपत्तिजन अवस्थामा फेला परेका छन् ।’ एसएसपी जोशीले उनिहरुलाई पनि नियन्त्रणमा लिन आदेश दिएसँगै काठमाडौं प्रहरीले बिहीबार साँझ १५ जना युवतीहरुलाई नियन्त्रणमा लिएको छ । युवतीहरुसँगै पाँच जना होटल संचालक र एकजना युवती खोज्दै पुगेका ग्राहक समेत पक्राउ परेका छन् ।

ब्यवसायीक रुपमा यौनधन्दामा संलग्न युवतीहरु होटलमा बस्ने र त्यहा पुग्ने ग्राहकको ईच्छा पुर्ति गर्ने कार्यमा संलग्न हुने गरेको काठमाडौं प्रहरीले जनाएको छ । ‘होटल सञ्चालहरुले उनिहरुलाई जागिर नै दिएर राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ’ काठमाडौं प्रहरीका एक अधिकृतले भने, ‘युवतीहरु १८–२० उमेर समुहका छन् ।’ होटल संचालक र वेश्यावृद्धिमा संलग्न युवतीहरुबारे थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्