Logo
१५ चैत्र २०८०, बिहीबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेफ अलि खानकी छोरी सारालाई फिल्ममा बिकनी नलगाउन दवाव

मुम्बई । बलिउड नायक सेफ अलि खान तथा उनकी पूर्वपत्नी नायिका अमृता सिंहकी छोरी सारा अलि खान फिल्ममेकर करण जौहरको फिल्म स्टुडेन्ट अफ द इयर–२ बाट बलिउडमा डेब्यु गर्दै छिन् ।

उनको फिल्मी यात्रा सुरु नहुँदै सारा बलिउडमा बिकनी सिनमा प्रवेश गर्नेछिन् भन्ने खबरले बलिउड तातिरहेको बेला उनकी आमा अमृता सिंहले करण जौहरसँग फोर्स गर्दै त्यस्तो दृश्य हटाउन लगाएकी छिन् ।

सैफ अली खानको परिवारसँग कुनै पनि सम्बन्ध नरहेको भन्दै अमृता सिंहले अबदेखि कहिल्यै पनि बिकनी नलगाउन छोरी सारालाई चेतावनीसमेत दिएकी छिन् ।

बलिउडमा सारा अलि खानले बिकनीमा डेब्यु गर्ने भन्ने थियो । एक भारतीय मिडियासँगको अन्तवार्तामा अमृताले आफूले कुनै पनि फिल्ममा बिकनी नलगाएकाले छोरीले पनि आफ्नो करियरमा बिकनीको साहरा लिनुनपर्ने बताइन् ।

साराकी हजुरआमा शर्मिला ट्यागोरले पनि एक फिल्ममा बिकनी लाएकी थिइन् । उनकी फुपू सोहा अलि खान
ले पनि बिकनी लगाएका दृश्य दिएकी छिन् ।

करिना कपुर पनि बिकनी लगाउँछिन् । यस अवस्थामा यदि सारा अलि खान फिल्ममा खेल्न चाहन्छिन् भने उनले आफ्नो आमाको कुरा मान्नुपर्ने हुन्छ ।

फिल्ममा साराले तीन वटा बिकनी सिन दिएकी थिइन् । उक्त सिन अमृताले हटाउन लागाइसकेको समाचारमा उल्लेख छ ।

स्टुडेन्ट अफ द इएरको पहिलो भागबाट आलिया भट्टले डेब्यु गरेकी थिइन्। उक्त फिल्ममा आलियाले पनि बिकनी सिन दिएकी थिइन् । – एजेन्सी

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्