Logo
८ बैशाख २०८१, शनिबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैशाख २५ देखि विद्यालय बन्द: ३१ गते सार्वजनिक विदा

काठमाडौं, बैशाख २० । निर्वाचन आयोगले प्रदेश नं ३, ४ र ६ का सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख २५ देखि ३१ गतेसम्म बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनलाई ध्यान दिँदै आयोगले तीन प्रदेशमा लागु हुनेगरी यस्तो निर्देशन दिएको हो ।

साथै आयोगले बैशाख ३१ गते आइतबारका दिन सार्वजनिक विदा दिन आग्रह गरेको छ । तर, यो विदा देशभरि नभएर पहिलो चरणको निर्वाचन हुने तीनवटा प्रदेशमा मात्रै लागू हुनेगरी गर्न आयोगले भनेको छ ।

बैशाख ३१ को चुनावका लागि मतदान स्थलका रुपमा प्रयोग गरिने विद्यालय, सरकारी कार्यालयहरु, स्वास्थ्य चौकी आदि बैशाख २५ गतेभित्रै हस्तान्तरण गरिसक्न पनि आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्