Logo
८ बैशाख २०८१, शनिबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव भन्छन ‘निर्वाचनमा सबै मधेश केन्द्रित दलले भाग लिन्छन’

काठमाडौं, वैशाख १९ : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेश केन्द्रित सबै दलहरुले निर्वाचनमा भाग लिने बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार दर्ता गराउन मंगलबार राष्ट्रिय सभागृह पुगेका यादवले संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचनमा मधेश केन्द्रित सबै दलले भाग लिन स्पष्ट पारे ।

अध्यक्ष यादवले मधेशमा मात्रै रहेका केही दलले दोस्रो चरणको निर्वाचनमा भाग लिन पनि उनले स्पष्ट गरे ।

उनले मधेशी मोर्चामा आवद्ध दल र आफूहरुले नेतृत्व गरेको संघीय गठबन्धन दलले मिलेर आफूहरुको अधिकार प्राप्तीको आन्दोलनलाई सफल बनाई छोडने घोषणा गरे ।

मधेशी मोर्चामा र संघीय गठबन्धनबीचको सहकार्य झनै बलियो भएर गएको पनि उनको भनाई थियो । अध्यक्ष यादवले संविधान संशोधन प्रस्ताव पारित हुने दावी पनि गरे ।

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्