Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेबाट मेयर र राप्रपाबाट उपमेयर उठाउने समझदारी

काठमाडौ, बैशाख १९ : महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच गठबन्धन भएको छ । एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यलाई राप्रपाले समर्थन गर्ने र राप्रपाका उपमेयरलाई एमालेले समर्थन गर्ने गरी दुई पार्टी वीच समझदारी भएको हो ।

एमालेसँग स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि राप्रपा अध्यक्ष कमल थापाले एमाले संसदीय दलमा पुगेर प्रस्ताव राख्नु भएको थियो । एमालेका शिर्ष नेता र राप्रपा अध्यक्ष वीच भएको छलफलका आधारमा काठमाडौ महानगरपालिकाको मेयर र उपमेयरमा समझदारी भएको हो ।

राप्रपाका राजाराम श्रेष्ठले मेयर पदमा आफनो उम्मेदवारी दर्ता गरिसक्नु भएको छ । श्रेष्ठलाई उपमेयरमा मनाउने वा अर्को नेतालाई उपमेयरमा उठाउने निर्णय गर्न राप्रपामा छलफल भइरहेको छ ।

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्