Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी मारिएका थिए ओसमावीन लादेन

 रेहान फजल /बीबीसी,  ६ वर्ष पहिले, मे महिनाको दुई तारिख । अपरान्हतिर ओबामा मन्त्रीमण्डलका विशेष सदस्या ह्वाइट हाउस पुग्ने तयारीमा थिए । मानिसहरुको नजरबाट बच्नका लागि हिलारी क्लिंटनको गाडी जानीजानी वेस्ट विंगमा पार्क गरिएको थिएन, जहाँ उनी सधैं पार्क गर्थिन् ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा समूहले ह्वाइट हाउसभित्रै एक संचार केन्द्र बनाएका थिए जो एडमिरल मेक्रावेनसँग जोडिएको थियो । एडमिरल ती व्यक्ति हुन् जो त्यतिबेला पूर्वी अफगानिस्तानका जलालाबाद शहरमा थिए । यो केन्द्रलाई ‘सर रुम’ को नाम दिइएको थियो जसलाई सिआइएको मुख्यालय र पेन्टागनको आप्स सेन्टरसँग पनि भिडियो लिंकमार्फत जोडिएको थियो ।

यसमा आउने सबै गुप्तचर फिड्समाथि जनरल जेम्स कार्टराइटले निगरानी राख्ने गर्दथे । अमेरिकी समय दिउँसो १ बजेर २२ मिनेटमा सिआइए प्रमुख लिओन पनेटाले एडमिरल मेक्रावेनलाई आदेश दिए, ‘गो इन देअर एण्ड गेट बिन लादेन ।’

पाकिस्तानको एबटाबादमा त्यतिबेला राती ११ बजिसकेको थियो । बिन लादेनको पूरा परिवार सुतिसकेका थिए । पाकिस्तान र अफगानिस्तानमा आधा घण्टाको समय अन्तराल थियो । जलालाबादमा त्यतिबेला रातीको साढे १० बजेको थियो ।

२३ सदस्यको अमेरिकी नौसेनाको सिल टीम दुई ब्ल्याक हक हेलिकोप्टरमा चढ्ने तयारी गरिरहेका थिए । यसै समूहमा एक पाकिस्तानी मूलका दोभाषे (जसलाई सैनिक भाषामा ‘टर्प’ भनिन्छ) का साथै एक ‘केरो’ नामका कुकुर पनि समावेश थिए जसले सिल सैनिकले जस्तै बुलेटप्रुफ ज्याकेट लगाएका थिए ।

आधा घण्टा पछि ११ बजे दुई ब्ल्याकहक हेलिकोप्टरले जलालाबाद सैनिक हवाई अड्डाबाट पूर्वमा पाकिस्तानी सीमातर्फ उडान भर्यो ।

ओसामा बिन लादेनमाथि लेखिएको बहुचर्चित किताब ‘म्यानहंट’ का लेखक पीटर बर्गेन लेख्छन्, ‘यो उडानको क्रममा यी हेलिकोप्टरबाट निकै कम तापक्रम निस्किरहेको थियो र ती हेलिकोप्टरको पुच्छरमा घुम्ने पंखालाई निकै कम आवाज आउने तरिकाले डिजाइन गरिएको थियो र पाकिस्तानी रडारले त्यसलाई पहिचान गर्न नसकोस् भन्ने कुरामा पनि ध्यान दिइएको थियो । ती हेलिकोप्टर ‘न्याप अफ द अर्थ’ फर्मेशनमा उडिरहेको थियो अर्थात् ती हेलिकोप्टर धर्तीबाट केही फिटको उचाइमा उडिरहेका थिए गती अत्यधिक बढि थियो ।

पाकिस्तानी सीमा पार गरेपछि यी हेलिकोप्टर पेशावरबाट उत्तरतर्फ मोडियो । लक्ष्यसम्म उडानको समय थियो करिब डेढ घण्टा ।

‘द न्यूवर्कर’ मा बिन लादेनमा ‘गेटिङ बिन लादेन’ लेख लेख्ने निकोलस शिमिडिल भन्छन्, ‘ब्ल्यक हक हेलिकोप्टर टेक अफ हुने ४५ मिनेटपछि त्यसै रनवेबाट चार अन्य हेलिकोप्टरले उडान भर्यो । दुई पाकिस्तानी सीमामा उत्रियो र दुईले पाकिस्तानी सीमा पार गर्यो । यी चार हेलिकोप्टर पठाउने निर्णय अन्तिम क्षणमा लिइयो किनभने राष्ट्रपति ओबामा आश्वस्त हुन चाहन्थे कि यदि स्थिती अनुकुल नभए अमेरिकी सैनिक लड्दै पाकिस्तानबाट फिर्ता भएर अफगानिस्तान पुग्न सक्थे । अभियान निकै ठूलो मुश्किलमा परेपछि मात्र यी हेलिकोप्टरको सेवा लिइने निर्णय गरियो । पाकिस्तानमा रोकिएपछि पनि यसको इन्जिन बन्द गरिएनन् । यत्तिकै राख्दा पनि त्यसको पंखा घुमिरह्यो ता कि आवश्यक पर्दा यसले तुरुन्त उडान भर्न सकोस् ।

ब्ल्याकहक्सले उत्तर पश्चिम दिशाबाट एबटाबाद प्रवेश गर्यो । सुरुमा हेलिकोप्टरले बिन लादेनको घरको आँगनमा ल्याण्ड गर्ने कोसिस गर्यो, पाइलटले त्यसमा नियन्त्रण गरिरहे र उनी हतारिँदै तल आउन थाले ।

जब सिलले अमेरिकामा यो मिसनको अभ्यास गरेका थिए तब कम्पाउन्डको बाहिरी पर्खाल फलामको जंजीरबाट बनाइएको थियो जबकी एबटाबादमा बिन लादेनको घरको वास्तविक पर्खाल कंक्रिटले बनेको थियो ।

यसैकारण हेलिकोप्टरको पंखा बाहिरको पर्खालसँग ठोक्कियो र त्यसको घुमिरहेको पंखा भाँच्चियो । अनुभवी पाइलटले हेलिकोप्टरलाई तल त झारे तर उनले दोस्रोपटक उडान भर्न सकेनन् ।

यद्यपी, पाइलटलाई भने केही चोट लागेन । यता ह्वाइट हाउसको ‘सर रुम’ मा बसेका ओबामाले यी सारा दृश्य बिन लादेन माथि उडिरहेको ड्रोन मार्फत हेरिरहेका थिए ।

एडमिरल मेक्रेवनले निकै सामान्य आवाजमा सिआईए प्रमुख पेनेटालाई सम्बोधन गरे, ‘डाइरेक्टर, जसरी तपाईंले देखिरहनुभएको छ कि हाम्रो एक हेलिकोप्टर घर नजिकै खसिसकेको छ । त्यसकारण हामी आफ्नो मिशनमा थोरै परिवर्तन गरिरहेका छौं । मेरा लडाकु यस्तो प्रकारको गडबडीका लागि पहिले देखि नै तयार थिए र उनलाई यस्तो अवस्थामा के गर्ने भन्ने राम्रोसँग थाहा छ ।’

यसैबिच दोस्रो ब्ल्याकहकका पाइलटले माथिबाट यी सारा दृश्य देखिसकेका थिए । प्लान ए अनुसार यो हेलिकोप्टर लादेनको शयनकक्षको छतमाथि उडिरहनु पर्दथ्यो ता कि सिल डोरीमार्फत त्यहाँबाट झरेर सुतिरहेका बिन लादेन अगाडि पुग्न सकून् । तर पाइलटले प्लान बीलाई छनोट गरे र आफ्नो हेलिकोप्टर घर नजिकैको एक हेलिकोप्टरबिच उतार्यो ।

बाहिरी इलाकालाई नियन्त्रण गर्नका लागि सिलको एक सानो दल दोभाषे र कुकुर केरोसँगै बाहिर निस्किए । केरोलाई विशेष तरिकाले प्रशिक्षित गरिएको थियो । केरोले मानिसलाई बाहिर पनि आउन दिँदैनथ्यो र बाहिरबाट पनि भित्र कसैलाई आउन दिँदैनथ्यो । केरोलाई यो मिसनमा यसकारण पनि समावेश गरिएको थियो किनभने धेरैजसो मुसलमान कुकुरलाई ‘अशुद्ध’ मान्ने गर्दथे र त्यसबाट टाढा रहन्थे ।

यता, घरको माथिल्लो तल्लाको शयनकक्षमा बिन लादेन आफ्नै सुरक्षा व्यवस्थाको शिकार भएका थिए । उनको कोठामा निकै कम झ्याल बनाइएका थिए किनभने कसैले पनि उनलाई बाहिरबाट नदेखुन् । तर यही सुरक्षा उनको लागि घातक बन्यो किनभने बाहिर के भइरहेको थियो त्यो हेर्न उनका लागि असम्भव भइरहेको थियो ।

जब सिल दोस्रो तल्लातर्फ बढ्यो, उनले लादेनका २३ वर्षीय छोरा खालिदलाई देखे । उनीहरुले सिँढीमा नै उनलाई गोली हानिदिए ।

पीटर बर्गेन लेख्छन्, ‘लादेनको शयनकक्षमा एक दराजमा थुप्रै एके–४७ र माकारोव मशिन बन्दुक राखिएका थिए । तर बन्दुक लिनुको साटो लादेनले फलामले बनेको ढोका खेले र बाहिर हल्ला मच्चिएको कारण जान्न खोजे । एक सिलको नजर उनीमाथि पर्यो र सिँढि चढेर उनीभए ठाउँ दौडिए । हतासमा पछाडि फर्किएका बिन लादेनले त्यहाँ एक गल्ती गरे । उनले फलामको ढोका बन्द गरेनन् । केही सेकेन्ड भित्रै सिल उनको कोठाभित्र पुगे । लादेनकी श्रीमती अमल अरबी भाषामा चिच्याइन् र श्रीमानको अगाडि उभिइन् । त्यतिबेला अर्का सिलले अमलको खुट्टामा गोली हाने । बिन लादेनले केही प्रतिरोध गरेनन् । उनीमाथि एक सिलले ‘डबल ट्याप’ शट हाने जुन उनको छाती र बायाँ आँखामा लाग्यो ।’

निकोलस शिमिडिल लेख्छन्, ‘एक विशेष अपरेशन अफिसरले मलाई भने कि बिन लादेनलाई जिउँदो समात्ने र हिरासतमा राख्ने भन्ने कुरा थिएन । लादेनलाई मार्ने निर्णय त्यतिबेला लिइएको होइन । यो पहिले नै निर्णय गरिएको थियो ।’

यता एक्सन सिनबाट आइरहेको अडियो फिडमा एडमिरल म्याक्रेवनले सिल टिमलाई ‘जिरोनिमो’ भनेको सुने । यो मिसनको सफलताको कोड थियो । उनले तुरुन्त ह्वाइट हाउसलाई यसको सूचना दिए । तर लादेन जीवित छन् कि हत्या गरियो भन्ने स्पष्ट भएको थिएन ।

तब म्याक्रेवनले टीम लिडरलाई सोधे, ‘इज हि एकिया ? (एनेमी किल्ड इन एक्सन) केही सेकेन्ड पछि जवाफ आयो, ‘रोजर, जेरोमिनो एकिया ।’ म्याक्रोवनले तुरुन्त यो कोड ह्वाइट हाउसलाई सुनाइदिए । यो सुनेपछि राष्ट्रपति ओबामाले भने, ‘वी गट हिम, वी गट हिम ।’

सिलको अर्को काम थियो दुर्घटनाग्रस्त हेलिकोप्टरलाई नष्ट गर्नु ता कि पाकिस्तानीलाई यसमा प्रयोग गरिएको प्रविधीबारे थाहा नहोस् । उनीहरुले पाकिस्तानी सेनाको सामना नगरीकनै सुरक्षित सीमा बाहिर निस्कनु पनि थियो ।

पछि नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख माइकल लिटरले भने, ‘हामीलाई पाकिस्तानले तुरुन्त प्रतिउत्तर नदिएकोमा थोरै अचम्म लाग्यो । पाकिस्तानी स्तरको हिसाबले पनि उनीहरुको जवाफ निकै कमजोर थियो ।’

पछि पाकिस्तानले आफ्ना दुई एफ–१६ विमानलाई हेलिकोप्टरको पिछा गर्न लगाइयो तर माइकल लिटरलाई थाहा थियो कि उनीहरुले खासै केही गर्न सक्दैनन् किनभने पाकिस्तानी पाइलटलाई राती उडान भर्न निकै गाह्रो थियो ।’

लिटरको भनाई थियो, ‘तर उनीहरुले चाहेको खण्डमा हाम्रो अगाडि आउन सक्थे । सायद उनीहरु हामीभन्दा डराएका थिए ।’

पिटर बर्गेन लेख्छन्, ‘सिलले बिन लादेको शवलाई सिँढीबाट घिसार्दैै तल ल्याए । पूरा सिँढीमा लादेनको रगत लत्पत्तियो । अन्य सिल कमान्डरले त्यहाँ राखिएका कम्प्युटर, सेल फोन र हार्ड डिस्कलाई जम्मा गरे ता कि पछि त्यसको अध्ययन गरेर अल कायदाको काम गर्ने तरिका र भावी योजनाबारे पत्ता लगाउन सकियोस् । लादेनको शवलाई हेलिकोप्टरमा राखियो । एक सिलले बिन लादेनको तस्बिर खिचेर त्यसलाई सर्भरमा अपलोड गरे । त्यसलाई वासिङ्टन पठाइयो जहाँ अनुहारको पहिचान गर्ने दुई विशेषज्ञले त्यसलाई लादेनको पुरानो तस्बिर मिलाउनका लागि तयार बसेका थिए ।

पछि ओबामाले भने, ‘बिन लादेनको घरमा सिल कमान्डरले बिताएको समय उनीहरुको जीवनको सबैभन्दा लामो ४० मिनेट थियो ।’ दुबै हेलिकोप्टरले यस पटक जलालाबादका लागि सिधा रुट र्लि र आफ्नो गतीपनि अत्यधिक बनाए । तर योभन्दा पहिले पाकिस्तानको सीमाभित्र नै उनीहरुले हेलिकोप्टरमा इन्धन भरे । यसैबिच सबै दृश्य हेरिरहेका ओबामा भने, ‘जसरी हम्रो हेलिकोप्टर पाकिस्तानी सीमा पार गरे, मलाई यसबारे तुरुन्त सूचित गराइयो ।’

करिब दुई बजे स्थानीय समय र बेलुकी साढे ६ बजे अमेरिकी समयमा हेलिकोप्टरले जलालाबादमा ल्याण्ड गर्यो ।

पूरा अपरेशनमा करिब साढे तीन घण्टा लाग्यो । अफगानिस्तानमा सिआईएका स्टेशन चीफ र एडमिरल म्याक्रेवनले लादेको शवको निरिक्षण गरे ।

उनीसँग कुनै टेप थिएन त्यसकारण उनको लम्बाई नाप्न सकिएन । लादेनको ६ फिट चार इन्च उचाई बराबर एक अमेरिकी सैनिकलाई उनको शव नजिकै सुताइयो ।

त्यतिबेलासम्म लादेनको तस्बिर ह्वाइट हाउस पुगिसकेको थियो । ‘सर रुम’ मा रहेका हरेक व्यक्तिलाई उक्त तस्बिर देखाइयो । ओबामाले त्यसलाई निकै ध्यानपूर्वक हेरे । पछि जनरल क्ल्यापरले याद गरे, ‘तस्बिर निकै विभत्स थियो । तर यसमा कुनै सन्देह थिएन कि ती ओसामा बिन लादेन नै थिए ।’

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्