Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा मेयरकालागि क–कसको उम्मेदवारी दर्ता भयो ?

काठमाडौं, १९ वैशाख । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता जारी रहेको जनाएको छ । आयोगका अनुसार वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको र अहिलेसम्म चलिरहेको हो ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगि उम्मेदवारहरुले मनोनयन दर्ताका लागि सम्पर्क राख्न थालेको र काठमाडौंमा बिहान १० बजेदेखि नै विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराईसकेको बताइएको छ ।

काठमाडौ महानगरपालिकाको मेयरमा अहिलेसम्म पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसमा एक नम्बरमा स्वतन्त्रबाट किशोर थापाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने दोस्रो नम्बरमा विनोदकुमार क्षेत्री स्वतन्त्रबाटै र रन्जु न्यौपानेले तस्रो नम्बरमा उम्मेदवारी दर्ता गरेकी छन् ।

त्यस्तै, चौथो नम्बरमा देशभक्त पर्यावरणीय सामाजिक मोर्चाका तर्फबाट सुरेन्द्र प्रसाद ढकालले उमेदवारी दिएका छन् । पाँचौ नम्बरमा पनि स्वतन्त्रबाटै अमोट महर्जनले मेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाले काठमाडौं महानगरकालिकाको मेयर र उमपेयरमा उम्मेदवारी दिएको छ । जनमोर्चाले मेयरमा नयाँ बानेश्वरका निर्मलकुमार थापा र उपमेयरमा ऋतु सापकोटा केसीलाई उम्मेदवार बनाएको हो ।

अहिलेसम्म प्रमुख राजनीतिक दलहरुले काठमाडौको प्रमुखमा उम्मेदवारी दर्ता नगराएको आयोगको भनाई छ ।

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्