Logo
३ जेष्ठ २०७९, मंगलबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहेको उमेर नपुग्दै हुन्छ डिभोर्स: फेसबुकमा प्रेम अनि विवाह !

प्यूठान, बैशाख १९: सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा अझै रोकिएको छैन ।

कलिलो उमेरमा विवाह गर्नेहरुले बर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अधिकांश सामाजिक सञ्जाल (फेसबुसक) कै माध्यमबाट प्रेमसम्बन्ध राखेर विवाह गर्नेहरुले अदलत गएर सम्बन्धविच्छेद गर्ने गरेका छन् । जिल्ला अदालतको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ७ जोडीले विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेका छन्

चालु आर्थिक बर्षको बैशाख दोस्रो सातासम्म २० बर्षमुनिका ६ जोडीले अदालतमा आएर सम्बन्धविच्छेद गरेका छन् । ‘सम्बन्धविच्छेद माग गर्न आउनेमा धेरै पत्नीहरु हुन्छन्’ जिल्ला अदालतका स्रेस्तेदार प्रम पौडेलले भने, ‘धेरै जोडी विवाहपछि आपसमा मेल नखाने भन्दै पछुताएर छुट्टिन्छन् ।’ आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

 

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्