Logo
१५ बैशाख २०८१, शनिबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“२५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने” : नयाँ शक्ति

काठमाडौ, बैशाख १८ : नयाँ शक्ति पार्टी, नेपालले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नयाँ शक्तिले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आर्थिक बृद्धिलाई सवैभन्दा बढि जोड दिएको छ ।

नयाँ शक्तिले २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने परिकल्पना गरेको छ । त्यस्तै ५ वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पुर्याउने प्रतिबद्धता पनि जनाएको छ । उसले सार्वजनिक गरेको प्रतिवद्धता प्रत्रमा ५ वर्ष देखि २५ वर्षसम्मका योजना तयार गरेको छ ।

बार्षिक तीन लाख रोजगारी रोजगारी सिर्जना गरी रोजगारीमा जानेको संख्या प्रतिदिन ५०० मा झार्ने, १५ बर्ष मुनि र ६५ बर्षमा माथिकालाई निशुल्क स्वास्थ्य सेवा प्रबाह गर्ने, विद्यालय जाने उमेरका बालबालिका विद्यालय जाने प्रतिशतलाई शत प्रतिशत पु¥याउने र उच्च माध्यमिक तहमा पढ्नेहरुको प्रतिशत ८० पु¥याउने सुचाङक सार्वजनिक गरेको छ ।

नयाँ शक्तिले प्रत्येक घरमा केन्द्रीय ग्रिडको विद्युत पुर्याउन ५ बर्षमा ४ हजार मेगावाट विद्युत उत्पादन गरिने तथा साथै प्रत्येक घरमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्टिभिटी पु¥याउन सकिने व्यवस्था गरिने जनाएको छ । एकीकृत बस्ती विकास र शहरी विकास गरी शहरी विकास सूचकाङ्क ७५ प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्या ३० प्रतिशत पु¥याउने उसको योजना छ ।

दुईवटा उत्तर–दक्षिण आर्थिक करिडर सञ्चालनमा ल्याउने योजना बनाएको नयाा शक्तिले पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक रूपमा नेपाल आउने पर्यटकहरूको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ । खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक खेलकुद महाविद्यालय, प्रत्येक प्रदेशमा १/१ वटा रङ्गशाला बनाउने योजना सार्वजनिक गरेको छ ।

५१ पृष्ठ लामो घोषणा पत्रमा ‘अवको निकाश, आर्थिक विकास–समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मुख्य नारा तय गरिएको छ । ५ देखि २५ बर्षभित्र गर्न आर्थिक विकासका लागि गर्न सकिने कामदेखि स्थानीय सरकार कसरी चलाउने भन्नेसम्मका विषय प्रतिबद्धता पत्रमा समेटिएको छ ।

आर्थिक क्रान्तिको लहर ल्याउन सबै विकासविरोधी पुराना सोंच, शैली, नियम कानून, प्रणालीलाई निर्ममतापूर्वक भत्काएर नयाँले विस्थापन गर्न जरुरी रहेको नायाँ शक्तिको निश्कर्ष छ ।

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्