Logo
४ बैशाख २०८१, मंगलबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शक्तिशाली अमेरिकामा घन्कियो नाराः ट्रम्प, बाटोबाट हटिदेउ

बीबीसी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बनेको सय दिन पूरा हुँदैछ र देशमा वासिङ्टनसमेत थुप्रै शहरमा ट्रम्पको विरोध गर्दै हज्जारौं मानिस सडकमा उत्रिएका छन् ।

उनीहरु जलवायु परिवर्तनको विषयमा र्याली गरिरहेका छन् र ‘ट्रम्प, बाटोबाट हटिदेउ’ भन्ने नारा लगाइरहेका छन् ।

वासिङ्टन डिसीमा आयोजित एक् र्यालीमा भाग लिने एक प्रदर्शनकारीले भने, ‘यदि हामीले केही गरेनौं भने थुप्रै कुरा दाउमा लाग्नेछ । हामी अत्यधिक वायु प्रदुषणको कुरा गरिरहेका छौं र हाम्रो पानीमा आर्सनिक जस्ता तत्व छन् । उनले ती हावा र पानीलाई प्रभावित गर्न सक्छन् जसमा हाम्रा सन्तान सास फेर्छन् र जुन पानी पिउँछन् ।’

शिकागोको र्यालीमा भाग लिने एक प्रदर्शनकारी भन्छन्, ‘उनले वास्तवमा यो देशको अधिकांस मानिसहरुको प्रतिनिधित्व गर्दैनन् र धेरैजसो मानिसहरु जसमा विश्वास गर्छन् उनका नीतिहरु त्योभन्दा ठ्याक्कै उल्टो छ जस्तै, समानता, निष्पक्षता, न्याय, नागरिक अधिकार, मानव अधिकार, पर्यावरण अधिकार, पर्यावरणका लागि न्यायलगायतका अनगिन्ती सूची छन् ।’

पछिल्लो महिना डोनल्ड ट्रम्पले ओबामा शासनका समयमा जलवायु परिवर्तन रोक्नका लागि जारी गरिएको नीतिलाई खारेज गर्नका लागि एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

ट्रम्पले जलवायु परिवर्तनलाई एक धोकाको संज्ञा दिएका छन् ।

उनको नयाँ आदेश अनुसार ओबामाको स्वच्छ ऊर्जा योजनालाई रद्द गरियो र जिवाश्म इन्धनको प्रयोगमा बढोत्तरी गरियो ।

ट्रम्पले यो आदेशमा मुहर लगाउँदै यसलाई ऐतिहासिक कदम बताएका थिए ।

पर्यावरण सुरक्षा समूहले पहिले पनि ट्रम्पको जलवायु परिवर्तनको नीतिको विरोध गरेको छ । ट्रम्पको नीतिले अमेरिकी मानिसहरुको स्वास्थयका लागि खतरा पैदा हुनसक्ने उनीहरुको भनाई छ ।

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्