Logo
१५ बैशाख २०८१, शनिबार
(April 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाले सरकार छोड्ने, सानेपामा कांग्रेसको आकस्मिक बैठक 

काठमाडौं, बैशाख १७ : सत्तारुढ दल राप्रपाले सरकार छोड्ने भएको छ। सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने राप्रपा स्रोतले जनाएको छ। स्वतन्त्र न्यायापालिकामा हस्तक्षेप गरेको भन्दै राप्रपाले सरकार छोड्न लागेको स्रोतले जनाएको छ।

यस अघि राप्रपा अध्यक्ष तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग प्रस्तावको कडा शब्दमा विरोध गरेका छन्। थापाले महाअभियोग प्रस्ताव न्यायीक स्वतन्त्रता माथिको अम्भीर आक्रमण भएको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन् ‘प्रन्या सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण। न्यायीक स्वतन्त्रतामाथि गंभीर आक्रमण।‘

यसैवीच, प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने निर्णय आलोचित भइरहेका बेला नेपाली कांग्रेसको पदाधिकारीसहित मुख्य नेताहरुको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा, प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्तावपछिको स्थितिबारे बैठकमा छलफल हुँदैछ । पुष्पकमल दाहाल सरकारमा कांग्रेसकोतर्फबाट निधिले नेतृत्व गर्दै आएका थिए।

प्रकाशित मिति: Apr 30, 2017

प्रतिक्रिया दिनुहोस्