Logo
६ जेष्ठ २०८१, आईतबार
(April 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपनासँग कमलको रोमान्स भिडियोमा यस्तो !

काठमाडौं– पछिल्लो समय निकै ब्यस्त हुँदै आएका मोडल कमल बुढाथोकी सपना पन्तसँग रोमान्स गर्न भ्याएका छन् । केही महिला मोडलहरुसँग रोमान्स गरिसकेका कमल पछिल्लो समय सपनासँग पनि रोमान्स गर्न भ्याएका हुन् ।

‘पोखरेली कान्छीले’ भन्दै उनी रोमान्समा उत्रीएका थिए । रोमान्समा उनले के गरे ?, कसो गरे ?, के भने ? यी सब उनलाई नै थाहा होला । यहाँ कुरा अलि फरक रहेको छ । कुरा हो एक म्युजिक भिडियोको । कमल परेली फिल्मस् प्रालिको प्रस्तुतीमा रहेको ‘पोखरेली कान्छीले’ बोलको गीतमा सपनासँग रोमान्स गरेका हुन् ।

‘पोखरेली कान्छीले’मा रिदम राईको शब्द तथा सुमधुर संगीत रहेको छ । जसलाई राई स्वयंमले स्वर दिएका छन् । गीतको म्युजिक भिडियोलाई परेली फिल्मस् प्रालिकै निर्माणमा निर्देशक मिलन कार्कीले निर्देशन गरेका छन् । जसमा कमल बुढडाथोकी र सपना पन्तको अभिनय तथा रोमान्स रहेको छ ।

गीतलाई सन्तोष ढकालले खिचेका हुन् भने, निर्देशक कार्कीले नै सम्पादन गरेका हुन् । गीतको भिडियो निकै नै राम्रो बनेको र एक पटक हेरिसकेपछि पुनः हेर्न मन लाग्ने बनेको निर्देशक कार्कीले बताए ।

प्रकाशित मिति: Apr 29, 2017

प्रतिक्रिया दिनुहोस्