Logo
१२ बैशाख २०८१, बुधबार
(April 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको अडान कायमैः संशोधन विधेयक पारित हुन नदिने

काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमा विचाराधिन संविधान संशोधन विधेयक पारित हुन नदिने अडान दोहो¥याएको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले नेता अग्नी खरेलले संविधान संशोधन विधेयकमा साथ नसकिने पार्टीको अडान राखिएको जानकारी दिए । उनले सरकार र सत्तारुढ दलहरुभित्रै निर्वाचन कति चरणमा गर्ने विषयमा एकमत नरहेको सर्वदलीय बैठकमा पाइएको दावी समेत गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा एमालेले संशोधन विधेयकको पक्षमा मतदान गर्न नसकिने प्रष्टयाएको हो । प्रधानमन्त्री प्रचण्डले संशोधनको पक्षमा मतदान गर्न आह्वान गरेपछि एमालेले राष्ट्रहित विपरित हुने गरी ल्याइएको संविधान संशोधन विधेयक कुनै पनि हालतमा समर्थन गर्न नसकिने जनाएको छ ।

काँग्रेस नेता एवम् उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक पारित गर्न प्रधानमन्त्रीले दलहरुलाई आह्वान गरेको बताए । एमालेसहितको सहमतिमा संविधान संशोधन विधेयक पारित हुने दावी समेत मन्त्री निधिले गरे । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकमा सबै दलको सहमति जुटाउन सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बैठकमा सत्तापक्ष र सत्तारुढ दलहरुभित्रै स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने वा नगर्ने भन्ने विषयमा फरक फरक धारणा आएको थियो । संविधान संशोधन गरेर निर्वाचन सम्पन्न गर्ने विषयमा सत्तारुढ दलहरुबीच एकमत रहेको नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता अग्नी खरेल, राप्रपा नेता पशुपति शमसेर राणा, गृहमन्त्री बिमलेन्द्र निधि, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा लगायत संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी थिए ।

प्रकाशित मिति: Apr 29, 2017

प्रतिक्रिया दिनुहोस्