Logo
१३ बैशाख २०८१, बिहीबार
(April 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्धक बनाएर पति, सासु र ससुराद्धारा यातना 

सिरहा, वैशाख १५ : सिरहाको गोलबजार नगरपालिका– ६ की एक महिलालाई आफ्नै घरमा बन्धक बनाएर पतिसहित सासु ससुराले निर्घात कुटपिट गरेका छन् । सख्त घाइते भएपछि स्थानीयले उपचारका लागि अस्पताल भर्ना गराएका छन् । गोलबजारस्थित भूमिजा अस्पतालमा भर्ना गरिएकी उनको अझै राम्ररी होस खुलेको छैन । कुटपिट र यातनाले उनको अनुहार, छाती सुन्निएको छ । बिजुलीको तारले कुटेको निलडाम शरीरभरी जताततै छ ।

सिरहाको गोलबजार नगरपालिका ६ डोहोटियाकी २२ वर्षीया प्रियङ्का यादवको पति, सासु र ससुरा मिलेर तीन दिनसम्म घरभित्रै बन्धक बनाएर निर्घात कुटपिटसँगै यातना दिएको थाहा पाएका छिमेकीहरुले उनलाई तत्काल उद्धार गरी मंगलबार अस्पताल भर्ना गरेका थिए ।

भूमिजा अस्पतालका चिकित्सक हरि ठाकुरका अनुसार प्रियङ्काको टाउको, दायाँ कुम्भ, पिठ्यु र तल्लो पेटक गम्भिर चोट लागेको छ । तल्लो पेटमा चोट लागेको कारण अझैपनि उनको यौनाङ्गबाट रगत बगिरहेको जनाएको छ ।

प्रियङ्का पति ओमप्रकाश भनिने दुर्गाप्रसाद यादव, ससुरा हरिनारायण यादव र सासु अमृती यादवले तीन दिनसम्म घरभित्रै थुनी मुखमा कपडा कोचेर कुटपिट र यातना दिएको छिमेकीहरु बताउँछन् ।

सालमा सामाजिक परम्परा अनुसार ४ वर्ष अघि विवाह गरिएकी उनलाई पटक पटक दहेज भनेअनुसार नल्याएको भन्दै पति, सासु, ससुराले कुटपिट गरिरहेको छिमेकीहरुले बताए ।

विवाहको दुईवर्ष पछि अष्ट्रेलिया पढ्न जान तीन लाख मागेपछि ससुराली पक्षले दिन अस्वीकार गरेपछि नै उनीहरुबीच विवाद बढेको माइती पक्षको भनाई छ ।

प्रियङ्का बुबा भारत बिहार इनरुवा खजौलीका रामजुलुम यादवले विवाहमा चारलाख नगद, आठ तोला सुन र एउटा मोटरसाइकल दिएर विवाह गराएको बताए । उनले भने, ‘कान्छी छोरी भएकालेले उनलाई मैले सकेको राम्रै गरेको थिएँ ।

विवाह पछिपनि रकम माग्ने र छोरीलाई दुःख दिने गरेको थियो तर पनि पछिल्लो पटक पढ्न बाहिर जान्छु भन्दै छोरीमार्फत् फेरि तीन लाख रुपैयाँ माग्न थाले ।’ ‘त्यत्रो रकम दिन नसकेपनि ‘ज्वाइँ नै हुन्’ भनेर फेरि ४० हजार रुपैयाँ लिएका ज्वाइँ त कमाउन दुवई उडेछन्’ उनले भने ‘त्यसपछि छोरीलाई खान समेत नदिएर लगातार कुटपिट गर्न थालेपछि आफैंसँग लिएर गएँ ।’

ज्वाँइ विदेश रहेको बेलामा पनि सासु ससुराले छोरीलाई दुःख र यातना दिनथालेपछि आफूले घरै लगेर राखेको यादवले बताए । पाँच महिना अघि तीन चार जना गाउँलेलाई सम्धीले छोरी लिन पठाएपछि चोरी पठाई दिएको उनले बताए ।

छोरी आएर राम्रै होला भन्ने लागेको थियो, गएको बैशाख २ गते ज्वाँई दुवइबाट घर आएपछि उनलाई फेरी दिनरात यातना दिन थालेको उनले बताए । यादवले भने हामी त भारतमै थियौं यहाँ छोरीलाई कुटेर मरणसन्न पारेको छ, अस्पताल भर्ना गरेको छ भने पछि आफूहरु भर्खर यहाँ आएको रामजुलुम यादवले बताए ।

इलाका प्रहरी कायाय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायका अनुसारका अनुसार प्रहरीले पीडितहरुको खोजी गरिहेको बताए । प्रियङ्काले पतिको नाममा मात्र उजुरी दिएकोले उनको खोजी भइरहेको छ, प्रहरीले भने, ‘बुवालाई ल्याएर छोरा छिटो ल्याउनु भनेर पठाएको छ, हाम्रो तर्फबाट पनि उनको खोजी गरिरहेको छु ।’

महिलाको घाउ जाँचका लािग मंगलबार नै पत्र दिएको भएपनि त्यसदिन स्वास्थ्य चौकी बन्द रहेको र बुधबार उनको अत्यधिक रक्तश्रावका कारण हिड्नै नसक्ने भएकाले आजमात्रै उनको जाँच भएको बताएको छ ।

प्रकाशित मिति: Apr 28, 2017

प्रतिक्रिया दिनुहोस्