Logo
६ बैशाख २०८१, बिहीबार
(April 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल केबल प्रविधिको एनालग टेलिभिजन सेवा बन्द नहुने स्पष्ट

काठमाडौं, १५ वैशाख : शुक्रबारदेखि काठमाडौंसहित प्रमुख ५ शहरमा सेट-टप बक्स नजोडिएका केबल टेलिभिजनका सेवा बन्द हुने हल्ला छ । तर, सरकारले डिजिटल नहुँदैमा तत्काल केबल प्रविधिको एनालग टेलिभिजन सेवा बन्द नहुने स्पष्ट गरेको छ । आजदेखि काठमाडौंसहित बिराटनगर, वीरगञ्ज, ललितपुर र पोखरामा डिडिटल टेलिभिजन प्रशारणलाई अनिवार्य गरेपनि सरकारले अझै लोकल केबल अपरेरटरलाई डिजिटलाइज्ड गर्न केही समय दिने बताएको छ ।

सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले टेलिभिजन सेवालाई डिजिटलाइज्ड गर्ने सरकारी नीति भएपनि डिजिटल नगर्नेहरुको सेवा बन्द गर्ने नीति र ब्यवस्था कानुनमा नभएको स्पष्ट पारे । उनले अब केबल अपरेरटरलाई विभिन्न ब्यवस्थामार्फत डिजिटलमा बाध्य पारिने बताए । ‘हामीले टेलिभिजनलाई डिजिटल बनाउने भनोका हौं । अहिले नै पूर्ण रुपमा एनागल बन्द गर्ने कतै भनेकै छैनौं’ ढकालले भने,’आजसम्म दिइएको समयसीमा केबल अपरेटरलाई डिजिटलमा जानेगरी लाइसेन्स लिनका लागि थियो । अब त्यो लाइसेन्स नलिएका मुख्य ५ शहरका केबल अपरेटरले आफैंले कन्ट्रोल रुम डिजिटल गर्न पाउँदैनन् । उनीहरुले अब अन्य डिजिटल गरिएका एमएसओ वा डिजिटल केलबहरुसँग मात्रै सिग्नल लिएर वितरण गर्न पाउनेछन् ।’

सञ्चार मन्त्रालयले असारमा सबै केबलहरुको नवीकारण हुने भएकाले डिजिटल नभएका केबलहरुको सञ्चालन अनुमिति म्याद नथिपिने स्पष्ट गरेको छ । डिजिटलमा जाने गरी नआउने ५ शहरका केबल अपरेरटरले असारसम्म डिजिटलमा नगए कम्पनी नै नवीकारण गर्न पाउने छैनन् । ‘हामी केबल टिभी डिजिटल नभएका सीधै स्वीच आफ गर्दैनौं । नीतिगत ब्यवस्थाहरुद्वारा उनीहरुलाई डिजिटलमा जान बाध्य पार्छौं’ प्रवक्ता ढकालले भने,’सिग्नल सेवा प्रदायकलाई हामीले डिजिटलमा नगएका केबलहरुलाई सिग्नल रोक्न निर्देशन दिएका छौं । अब केबल अपरेरटरहरुलाई डिजिटलमा नगई सुखै छैन । तर, केही समय लाग्छ ।’

उनले ५ शहरबाहेक आगामी कात्तिकसम्म सबै महानगर, उपहमहानर र नगरपालिकाहरुमा पनि डिजिटल हेड-इन (कन्ट्रोल रुम) राख्न केबल अपरेरटरलाई समयसीमा दिइने बताए । त्यतिबेलासम्म पनि डिजिटल हेड-इन नराख्ने अपरेटरलाई डिजिटल सेवा अर्को अपरेरटसँग लिने गरी ब्यवस्था गर्ने उनको भनाइ छ । ‘सबै टेलिभिजन डिजिटल गर्ने हाम्रो नीति हो, तत्कालै एनागल सेवा बन्द गर्ने होइन । तर, समयक्रम अनुसार डिजिटल हुँदै गएपछि एनागल अाफैं हट्छ’ , ढकालले भने , ‘ सेट-टप बक्स भित्रिन र ग्राहककाेमा पुगेर वितरण लाग्ने समय हामीले हेर्नैपर्छ ।’

के हो डिजिटल टिभी ?

एनागल टेलिभिनलाई डिजिटलमा लैजान हरेक टेलिभिजनका लागि १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट-टप बक्स लगाउपर्छ । तर, अब सेट-टप बक्सको सेवा शुल्क भने फरक-फरक लाग्नेछ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिनेछ ।

केबल टीभी अपरेटरले भने आफ्नो हेड-इन (कन्ट्रोल रुम) मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । त्यसका लागि केबल अपरेटरसँग अब दुईवटा विकल्प रहनेछन् ।

यसैमार्फत सबै टेलिभिजनमा सेट-टप बक्स जोडिनेछ । यसका लागि सेवा प्रदायकले विभिन्न बिजनेश मोडेल ल्याएका छन् । अब ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट-टप बक्स जोड्नुपर्नेछ । अब हरेक टेलिभिजनमा सेट-टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिनुपर्नेछ ।

यसबाट अपरेटरहरुको बिजनेश पनि राम्रो हुनेछ । ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवाबापत थोरै बढी आर्थिक भार उठाउनुपर्नेछ । सरकारले इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू)ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको हो । अब परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउनेछन् ।

यसको कार्यान्वयन थालेसँगै अब परम्परागत प्रविधिको टेलिभिजन विस्थापित हुने क्रममा छ । अब केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजस्वमा पनि भारी वृद्धि हुनेछ । अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ ।

अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने छन्। नेपालमा झण्डै ५० लाख टेलिभिजन सेट सञ्चालनमा छन् भन्ने अनुमान छ । तर, त्यसअनुरुप सरकारलाई केबल अपरेटरहरुले राजस्व भरेका छैनन् ।

अब भने वास्तविक रुपमा कति टेलिभिजन चलिरहेका छन् भन्ने तथ्यांक पनि सरकारसँग आउनेछ ।यही डिजिटल प्रविधिको पूर्ण प्रयोग भएपछि लटर-पटर तरिकाले केबल टेलिभिजन चलाउनेहरुको राज रहने छैन ।

किनभने डिजिटल टेलिभिजन सेवा दिन बजारमा तीव्र प्रतिस्पर्धा हुनेछ । त्यसैले अहिले केबल अपरेटरहरुले मल्टी सर्भिस अपरेटरसँग मिलेर सेट-टप बक्स वितरण गरिरहेका छन् । कसैले सःशुल्क वितरण गरिरहेका छन् भने कसैले निःशुल्क पनि बाँडिरहेका छन् ।

अब नेपाल भित्रिने सबै सेट-टप बक्सको रेकर्ड सरकारसँग हुने भएकाले देशमा कति टीभीमा सेट-टप बक्स लागे भन्ने सीधै थाहा हुनेछ ।

अहिलेको केबल टेलिभिजनमा सेट-टप बक्स लगाउनासाथ टीभीको श्रब्य दृश्य गुणस्तर उच्च हुनेछ । यसले टीभी हेर्दा आनन्दको महसुस मात्रै हुने छैन, अनेकन झञ्झटबाट उपभोक्ता मुक्त हनेछन् । एनालग टेलिभिजन पुरानो प्रविधि भएकाले नै विकसित देशले यसलाई हटाइसकेका छन् । नेपालले यसका लागि बल्ल काम थालेको छ ।

तर, डिजिटलमा बाध्यकारी ब्यवस्थाहरु ल्याएको सरकारले एनागल टेलिभनिजलाई तत्काल स्वीच अफ नगर्ने भएकाले अझै केबल टेलिभिजनहरु स्तरीय हुन समय लाग्ने देखिएको छ । तर, सरकारले नवीकरण नै रोकिदिएपछि भने केबल अपरेरहरु डिजिटलमा जान बाध्य हुनेछन् । अनलाइनखबर

प्रकाशित मिति: Apr 28, 2017

प्रतिक्रिया दिनुहोस्