Logo
७ बैशाख २०८१, शुक्रबार
(April 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले लचिलो हुँदै: संसद् अवरोध हटाउन आज शीर्ष बैठक 

काठमाडौं, बैशाख १३: तराईका दुई प्रदेशमा स्थानीय तहको संख्या थप्ने सरकारी तयारीको विषयमा संसद् अवरोध गरेको एमाले संसद् खुलाउन लचिलो देखिएको छ ।

‘स्थानीय तहको संख्या थप्ने विषयमा हामीले संवैधानिक रूपमा पनि नमिल्ने विषय बैठकमा राख्यौं ‘, बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले  भन्नुभयो, ‘त्यस विषयमा बुधबार बिहान साढे १० बजे चार दलका अध्यक्षहरू बसेर टुंगो लगाउने सहमति भएको छ । ‘

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ दल र प्रतिपक्ष एमालेका शीर्ष नेताको बैठकमा संसद् अवरोध तत्काल हटाउने गरी बुधबार वार्ता गरी टुंग्याउने सहमति भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

 

प्रकाशित मिति: Apr 26, 2017

प्रतिक्रिया दिनुहोस्