Logo
१५ चैत्र २०८०, बिहीबार
(April 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नामका कारण चलचित्र  ‘हिटलर’लाई प्रचार समस्या

काठमाडौै : अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘हिटलर’को अहिले चर्चा चुलिएको छ । केही समय अगाडि सार्वजनिक भएको ट्रेलरले यसको चर्चा चुलाएको हो ।

जेठ १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रमा सोहित मानन्धर र सामिया बर्तौला मुख्य भुमिकामा छन् ।

चलचित्र सौरभ ढकालको निर्देशनमा तयार भएको हो । चलचित्रको केही पहिले सार्वजनिक रारा तालमा खिचिएको एक गीतको भिडियोले पनि राम्रै चर्चा पाइरहेको छ ।

चलचित्र युनिट अहिले नामका कारण समस्यामा छ । ‘हिटलर’ नामकै कारण फेसबुक र युटुबमा चलचित्रलाई बिभिन्न समस्या आइपरेको निर्माण युनिटले बताए ।

निर्देशक ढकाल आफुलाई फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन नदिएको बताए । उनका अनुसार, युटुबमा पनि अहिले समस्या आइरहेको छ ।

जर्मनका पूर्व शासक ‘हिटलर’को नामसँग चलचित्रको नाम मिलेका कारणले फेसबुक र युटुबले समस्या दिएको हुनसक्ने निर्माण पक्षको वुझाई छ ।

प्रकाशित मिति: Apr 25, 2017

प्रतिक्रिया दिनुहोस्