Logo
१२ बैशाख २०८१, बुधबार
(April 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोहाअली पछि सन्नी देवलकी बहिनी ईशा देवलपनि आमा बन्दै

एजेन्सी, केही दिन अघि सोहा अली खान गर्भवती भएको खबर सार्वजनिक भएको थियो अब गर्भवती सेलिब्रिटीको सूचीमा ईशा देवल पनि परेकी छिन् । मुम्बई मिररका रिपोर्ट अनुसार ‘धूम’ की नायिका चाँडै नै आमा बन्ने तयारीमा छिन् । यद्यपी, यो खबरलाई न त ईशा न नै उनकी आमा हेमा मालिनीले पुष्टि गरेका छन् ।

राम कमाल मुखर्जी आजकाल हेमा मालिनीमाथि किताब लेख्दैछन् जसको शीर्षक छ – ‘हेमा मालिनीः बियोन्ड द डीम गर्ल ।’ लेखक हेमा मालिनीको परिवारसँग निकै नजिक छन् र उनले नै ईशा गर्भवती भएको खबर सार्वजनिक गरेका हुन् । यस विषयमा आइशाको परिवार निकै खुसी भएको समेत उनले जानकारी दिएका छन् ।

एक स्रोतका अनुसार ईशा अहिले आफ्नी आमा हेमा मालिनीसँग जुहूस्थित माइतीमा बसिरहेकी छिन् र बान्द्रास्थित आफ्नो घरमा कहिलेकाँही जाने गर्दछिन् । ईशा डिसेम्बरसम्ममा आमा बन्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति: Apr 25, 2017

प्रतिक्रिया दिनुहोस्