Logo
८ बैशाख २०८१, शनिबार
(April 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावी सुरक्षाका निम्ति सेनाको ‘विशेष तयारी’

काठमाडौं, १२ वैशाख । चुनावी सुरक्षाका निम्ति सेनाले विशेष तयारी गरेको छ । आगामी स्थानीय तह निर्वाचनमा संवैधानिक व्यवस्थाअनुसार सुरक्षा दिन नेपाली सेनाले विशेष तयारी गरेको समाचार स्रोतले बतायो ।

वैशाख ३१ र जेठ ३१ मा दुई चरणमा हुने निर्वाचनका लागि सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हेतुले सेनाले उच्च तयारी गरेको हो ।

गृह मन्त्रालयले विभिन्न क्षेत्रमा सुरक्षा भेला गरी सुरक्षा निकायलाई समन्वय गर्न, भूमिका स्पष्ट पार्न, स्रोतसाधन संकलन गर्न र प्रभावकारी भूमिका निर्वाह गर्न सेनासहित एकीकृत सुरक्षालाई अघि बढाइसकेको जनाएको छ ।

सुरक्षा निकायहरूबीच समन्वयका लागि सात प्रदेशलाई समेट्ने गरी गृह मन्त्रालयले विराटनगर, धगनढी, नेपालगन्ज, पोखरा, धुलिखेल र सिमरामा ६ सुरक्षा गोष्ठी गरिसकेको छ ।

समाचार स्रोतका अनुसार, निर्वाचनमा सरकारले जिम्मेवारी दिएपछि पूरा गर्न र त्यसका निम्ति सेनाले विशेष तयारी गरेको हो । अहिले मतपत्र छापिरहेको स्थानमा पनि सेनाले सुरक्षा दिइरहेको छ । गृहले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा जिल्लाहरूलाई विभाजन गरेको छ ।

निर्वाचनमा सेना परिचालन गर्ने सम्बन्धमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद् बैठकमार्फत पारित गरी स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइसकेको छ ।

केन्द्रीय सुरक्षा परिषद्ले गरेको निर्णयअनुसार निर्वाचनमा भित्री घेरामा नेपाल प्रहरी, बीचको घेरामा सशस्त्र प्रहरी बल र त्यसको अझै बाहिरी घेरामा सेनालाई परिचालन गरिनेछ । साथै, मतपेटिकासहित निर्वाचनका लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री सेनाले सुरक्षा दिने र ढुवानी गर्नेछ ।

यतीबेला सेनाको बैठकमा मुख्य सुरक्षा चुनौतीका रुपमा तराईमा सिके राउत र पहाड, उपत्यकामा विप्लव समुहलाई लिइएको छ ।

प्रकाशित मिति: Apr 25, 2017

प्रतिक्रिया दिनुहोस्