Logo
१५ बैशाख २०८१, शनिबार
(April 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 अपडेट: मुस्ताङमा बस दुर्घटना, ५ काे मृत्यु, १२ घाइते

पोखरा, ९ बैशाख : मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री सवार बस दुर्घटनामा परेको छ । मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा पाँचजनाको ज्यान गएको हो ।

मुस्ताङका डिएसपी हरिहरनाथ योगीका अनुसार मृतकहरुको अहिलेसम्म सनाखत भएको छैन । सख्त घाईते भएका १२ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि पोखरा पठाउने तयारी भएको छ ।

त्यसका लागि सेनाको हेलिकोप्टर पोखराबाट घाईते लिनका लागि मुस्ताङ उडेको छ । ना ५ ख ६०६७ नम्बको बस दुर्घटना हुँदा दुईजना महिला र तीनजना पुरुष गरि पाँचजना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘मुक्तिनाथबाट फर्किदै गर्दा ओरालोमा बसको ब्रेक फेल भएछ । त्यसपछि दुर्घटना भएको हो,’ योगीले भने, ‘बसले च्यापिएर उनीहरुको ज्यान गएको हो ।’ काठमाडौंबाट रिजर्भ गरेर मुक्तिनाथ दर्शनका लागि तीर्थयात्री बोकेर बस मुस्ताङ गएको थियो ।

प्रकाशित मिति: Apr 22, 2017

प्रतिक्रिया दिनुहोस्