Logo
७ बैशाख २०८१, शुक्रबार
(April 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिल झासमेत ६ मधेसी पार्टीबीच एकीकरण: RJP को घोषणा

काठमाडौं, बैशाख ७ : मधेशी मोर्चामा आवद्ध उपेन्द्र यादव नेतृत्वको फोरम बाहेक अन्य ६ वटा मधेस केन्द्रीत दलबीच बिहिबार पार्टी एकीकरण घाेषणा भएको छ ।

बिहिबार राजधानीमा घोषणासभा गरी  राजेन्द्र महतोको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकीकरणको घोषणा गरिएको हो ।

एकीकरणपछि पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ भने पार्टीको चुनाव चिन्ह छाता चयन गरिएको छ । पाँच पार्टीबीच एकीकरण भइसकेपछि झा कार्यक्रमस्थल पुगेका थिए । यसअघि उनीसँग एकताका लागि तयार नभएपनि अन्तिम समयमा आएर एकतामा तयार हुँदै एकता घोषणासभामा पुगेका हुन् ।

राजधानीको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एकता घोषणाको  कार्यक्रममा एकतामा सहभागि पार्टीका नेता कार्यकर्ताको बाक्लो संख्यामा उपस्थिति रहेको छ ।

एकीकरणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले एकीकृत ५ पार्टीका पाँच अध्यक्षलाई पाँच पाण्डवको संज्ञा दिँदै अब अधिकारका लागि मिलेर महाभारतको जस्तै संघर्ष गर्ने घोषणा गरे ।

प्रकाशित मिति: Apr 20, 2017

प्रतिक्रिया दिनुहोस्