Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रस्तावः कात्तिकमा संसद र त्यसपछि प्रदेश अनि स्थानीय चुनाव

काठमाडौ , बैशाख ६: बैशाख ३१ गते स्थानीय चुनाव हुने कि नहुने अन्योल भइरहेकाबेला मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक (नोपल लोकतान्त्रिक फोरम ) का अध्यक्ष विजयकुमार गच्छदारले कात्तिकमा चुनाव गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् ।

लोकतान्त्रिकका महासचिव रामजनम चौधरीकाअनुसार लोकतान्त्रिकले मधेशी मोर्चासँग सहमति बन्न नसकिरहेको अवस्थामा कात्तिकमा संसदको चुनाव र त्यसपछि प्रदेशको अनि स्थानीय चुनाव गराउन सुझाव दिएको छ ।

स्थानीय तहको चुनावका लागि मधेशी मोर्चा तयार नभएपनि संसदको चुनावका लागि तयार हुने अध्यक्ष गच्छदारको दावी थियो । सविधान संशोधनमा मधेशी मोर्चासँग सहमति हुने सम्भावना धेरै कम रहेको भन्दै यस अवस्थामा चुनाव पनि हुन नसक्ने उनले बताए । कात्तिकमा संसदको चुनाव गराउँदा राम्रो हुने सुझाव दिएको चौधरीले जानकारी गराए । बुधबार सत्ताधारी प्रमुख प्रतिपक्ष्सहित पाँच दलको बैठकमा गच्छदारले निर्वाचन सार्न सुझाव दिएका हुन् । गच्छदारले स्थानीय चुनावअघि संसद र प्रदेशको चुनाव गर्नुपर्ने सुझाएका छन् ।

महासचिव चौधरीले भने– ‘मधेशी र थारुको माग सम्बोधन हुने गरी सविधान संशोधन नभए स्थानीय चुनाव हुन सक्दैन भन्ने कुरा बैठकमा राख्यौं, यदि यसबीचमा सहमति हुन सक्दैन भने कात्तिकमा संसद र प्रदेशको चुनाव गरी प्रदेश मातहत स्थानीय तहको चुनाव गराउँदा राम्रो हुने सल्लाह दिएको तर त्यसको जवाफ केही पाएनौं ।’

अध्यक्ष गच्छदारले एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै किटान गरी १६ बुँदे सम्झौता उल्लंघन गरेको दाबी गरेका थिए । ‘तपाईँहरुकै कारण नेपाली जनताले दुख पाइरहेका छन् ।’ गच्छदारले भनेका थिए । तीन दलको बीचमा भएको १६ बुँदे सहमति तोडेका कारण राजनीतिकमा यस्तो समस्या उत्पन्न भएको पनि गच्छदारले बैठकमा राखेका थिए ।

प्रकाशित मिति: Apr 19, 2017

प्रतिक्रिया दिनुहोस्