Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिले देखिएका राजनीतिक घटनाक्रमसबै पूर्वनियोजित

काठमाडौं, बैशाख ६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेलाबेलामा शान्ति प्रकृया भाँड्ने, चुनाव हुन नदिने, सविधान निर्माण हुन नदिने, सविधान कार्यान्वयन हुन नदिने ठूलै षड्यन्त्र भइरहेका छन् भनिरहन्छन् । मौसम हेरेर राजनीति अभिव्यक्ति दिन पनि प्रचण्ड सिपालु नेता हुन् ।

कहिले मौसम हेरेर त कहिले संवदेनशिल सूचना पाएपछि प्रचण्डले यस्तो अभव्यिक्ति दिने गरेका छन् । आफ्ना विभिन्न स्रोतबाट आउने सूचनाका आधारमा आफु बोल्ने गरेको प्रचण्डले बताउँने गरेका छन् । पछिल्लो पटक प्रधानमन्त्री प्रचण्डले अहिले देखिएका राजनीतिक घटनाक्रमसबै पूर्वनियोजित रहेको सुनाएका छन् ।

कुरा हो नयाँ बर्षको पहिलो दिन अर्थाथ बैशाख १ गतेको । माओवादी केन्द्रको हेडक्वाटर बैठक थियो, जहाँ प्रचण्डले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट हुँदाको एक प्रसंग सुनाए । तर, उपेन्द्रसँग भएको भेट चाहीँ एक महिना अगाडिको थियो, अर्थात चैत्रको पहिलो साताको ।

‘भारतको उत्तर प्रदेशमा समाजवादी पार्टी बढारिनेछ, बिजेपीको बहुमत हुनेछ र त्यहाँको मुख्यमन्त्री योगी अदित्यनाथ हुनेछन्, मधेशमा बैशाखदेखि आन्दोलन शुरु हुनेछ, डा.बाबुराम भट्टराई पनि आन्दोलनमा आउनेछन् र हिन्दुराज्यको माग गर्दै राप्रपाले पनि आन्दोलन गर्नेछ’ चैत्र लाग्लालाग्दै उपेन्द्रले प्रचण्डलाई यस्तो बताएका रहेछन् ।

यो कुरा प्रचण्डले पार्टीको आन्तरिक वैठकमा सुनाएका हुन् । भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथ चैत ६ गते नियुक्त भएका थिए । तर, त्यसअघि नै प्रचण्डसँगको भेटमा उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई ‘उत्तर प्रदेशको मुख्यमन्त्री आदित्यनाथ बन्दैछन्’ भन्ने सुनाएका थिए । यो प्रचण्डले आफ्नो पार्टी वैठकमा सुनाएको दावी हो ।

शुरुमा राजनाथ सिंह, केशव प्रसाद मौर्य, दिनेश शर्मा, मनोज सिन्हा र श्रीकान्त शर्माको चर्चा निकै थियो । त्यसमा सबभन्दा बढी चर्चा राजनाथ र मौर्यको बढी थियो । तर, अचानक योगीले मुख्यमन्त्री हुने मौका पाएका थिए । प्रचण्डले पछिल्लो वैठकमा सुनाए अनुसार उपेन्द्र यादवले आदित्यनाथ उत्तर प्रदेशको मुख्य मन्त्री बन्दैछन् भन्ने त्यसबेला पत्ताएका थिएनन् ।

त्यसबेला प्रचण्डले यादवलाइृ भनेका रहेछन्, ‘आदित्यनाथको कतै चर्चै छैन, कसलाई गर्ने नगर्ने कुनै निर्णय नै भएको छैन । तपाई कसरी भन्नुहुन्छ, आदित्यनाथ नै हुन्छ भनेर ।’ त्यसपछि उपेन्द्र यादवले सुनाएका रहेछन्, ‘आरएसएसले निर्णय गरिसक्यो । अव आदित्यनाथ बन्दैछन् उत्तर प्रदेशको मुख्यमन्त्री, हेर्दैजानु होला ।’ नभन्दै त्यसको तीन दिनपछि आदित्यनाथलाई उत्तर प्रदेशको मुख्यमन्त्री बनाउने भाजपाले निर्णय गर्यो ।

प्रचण्ड अहिले यसकारण झस्किएका छन कि, त्यसदिन उपेन्द्रले भनेको कुरा एक–एक गरेर अगाडि आएका छन् । प्रचण्डले आफ्ना पाटीृ वैठकमा सुनाएका रहेछन्, ‘उपेन्द्रजीले भनेको कुरा फटाफट मिलेको छ । यसो हेर्दा अहिलेका घटनाक्रम कतै पूर्वनिर्धारित त थिएनन् भन्ने शंका बढेको छ ।’

मधेशी मोर्चाले बैशाख ५ गतेदेखि आन्दोलन शुरु गरिसके । नयाँ शक्ति पनि आन्दोलनमा छ । राप्रपाले पनि पार्टी विधान निर्वाचन आयोगले हेरफेर गरेको भनेर आन्दोलन गरिरहेको छ । राप्रपाले पनि आन्दोलनको चेतावनी दिँदै अञ्चलस्तरीय आमसभा गर्दै सरकारबाट फिर्ता हुने चेतावनी दिएको छ । रातोपाटीमा रिर्पोट छ ।

प्रकाशित मिति: Apr 19, 2017

प्रतिक्रिया दिनुहोस्