Logo
८ बैशाख २०८१, शनिबार
(April 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः आइजिपीमा अर्याललाई नियुक्ति गर्ने सहमति

काठमाडौं, चैत २६: डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको खबर छ ।

सत्तारुढ माओवादी केन्द्र नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो । स्रोतका अनुसार आइजिपी चयनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा र कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालको नाममा सहमति बनेको हो ।

वरियातामा हिलो नम्बरमा रहेका नवराज सिलवालको पक्षमा सबै सकारात्मक भए पनि कार्यसम्पादन मूल्याङकनमा अर्याल अघि रहेकाले उनको नाममा सहमति भएको छलफलबारे जानकार स्रोतले बताएको छ ।

 

प्रकाशित मिति: Apr 8, 2017

प्रतिक्रिया दिनुहोस्