Logo
१२ बैशाख २०८१, बुधबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजाको दिवा भोजमा राष्ट्रपतिदेखि राजेश हमालसम्म 

काठमाडौ,२४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले नातिको ब्रतबन्धको खुशीयालीमा आज आयोजना गरेको विशेष भोजमा राष्ट्रपति विद्यादेबी भण्डारीदेखी सरकारका उपप्रधानमन्त्री, मधेशवादी दलका नेता सहित महानायक राजेश हमाल सम्मको बाक्लो उपस्थिति रह्यो ।

पूर्वराजाका नातिको ब्रतबन्ध एकसाता अघि नै अर्थात चैत १७ गते निर्मल निवासमा सम्पन्न भएपनि सो ब्रतबन्धको भोज एक सातापछि बिहीबार सोल्टी होटलमा आयोजना गरिएको हो ।

१२ः५० बजे सहभागी भएकी राष्ट्रपती भण्डारी करिब डेढ घण्टा पूर्वराजाले राखेको दिवा भोजमा सहभागि भइन् । राष्ट्रपति भण्डारीलाई पूर्वराजा ज्ञानेन्द्र आफैंले स्वागत गर्दै भित्र लगेका थिए ।

दिवाभोजमा, कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का,राप्रापा अध्यक्ष एवं उप प्रधानमन्त्री कमल थापा, वनमन्त्री शंकर भण्डारी,कांग्रेस नेता लक्ष्मण घिमिरे, रामशरण महत, एमाले उपनेता एवं पुर्व सभामुख शुभाषचन्द्र नेवाङ्, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो, त्यस्तै मधेश केन्द्रित दलका नेता शरदसिंह भण्डारी, अनिल झाँ, राजकिशोर यादव,खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंह, लगायतका विशिष्ट व्यक्तिको बाक्लो उपस्थिति रहेको थियो ।

पूर्वराजा दिवा भोजमा प्रफुल्ल देखिन्थे । उनीसँग कुराकानी गर्न सरकारका उपप्रधानमन्त्री सहित अन्य विशिष्ट व्यक्तिहरुको लहर देखिन्थ्यो । यस्तै, पूर्वराजाले आज साँझ राजनीतिक र कूटनीतिक बृत्तलाई रात्रिभोजको आयोजना गर्दैछन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रपति विद्यादेवी भण्डारीले आज सँगै लन्च गरेका छन् । उनीहरुले झण्डै एक घण्टा लगाएर लन्च गरेकाहुन् ।पूर्वराजा शाहको नाती हृदयेन्द्रको ब्रतबन्धको अवसरमा आयोजना गरेको दिवा भोज खान राष्ट्रपति विद्यादेवि भण्डारी होटल सोल्टीमा पुगेकी थिइन ।

लन्च समयमा पूर्वराजा शाहले राष्ट्रपति भण्डारीलाई चुनाव हुन्छ त भनेर प्रश्न गरेका थिए भने राष्ट्रपति भण्डारीले पनि हुन्छ होला भन्दै मुस्कुराउँदै जवाफ दिएकी थिइन् ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्