Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनमा तैनाथ हुने सेना-प्रहरीलाई दैनिक ३ सय भत्ता

काठमाडौं, २४ चैत । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको छ।

वैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा एक सातासम्म सुरक्षाकर्मी दैनिक २ सय ५० रुपैयाँ भत्ता र ५० रुपैयाँ खाजा खर्च उपलब्ध गराउन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरिएको हो ।

अर्थले यो प्रस्ताव स्वीकृत गरे दैनिक भत्ता र खाजा खर्चबापत सुरक्षाकर्मीका लागि दैनिक करिब ७ करोड रुपैयाँ खर्च हुनेछ। यससँगै एक साताको भत्ता र खाजा खर्चमा करिब ४९ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने छ।

अर्थ मन्त्रालयले निर्वाचन सुरक्षाका प्रयोजनका लागि ३ अर्ब ४० करोड रूपैयाँ निकासा गरेको छ। गृह मन्तर्गत सुरक्षाकर्मी परिचालनमा ३ अर्ब र सेनाका लागि४० करोड रूपैयाँ विनियोजन गरिएको अर्थले जनाएको छ। खबर आजको कारोबार दैनिकबाट लिएका हौ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्