पत्याउनुहुन्छ ? सरकारी तथ्याङ्कमा जम्मा १० हजार बेरोजगार !
काठमाडौं, २४ चैत । हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ ।
श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो आँकडा आर्थिक वर्ष ०७३ र ७४ को फागुन मसान्तसम्मको मात्रै हो ।