Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा शाहको सन्देशः रामराज्यको उपदेश

काठमाडौ, चैत २३ ।  पुर्व राजा ज्ञानेन्द्र शाहले चैते दशैको रामनवमीका अवसरमा शुभकामना शन्देश जारी गर्दै परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणाालीले भोग्नू परेको चर्को खडेरी भनेका छन् । पूर्व राजा शाहले जारी गरेको सन्देशमा लोक हितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्न आवाश्यक रहेको पनि बताएका छन् ।

सन्देशमा भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टडकारो आवश्यकताको रुपमा देखापरेको उल्लेख छ । सन्देशमा पुर्व राजा शाहले भनेका छन् ‘आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवं गरिमाको संझना गराउंदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ ।

रामनवमी जस्तो पूनीत पर्व विशेषले नेपाली भूलोकमा सबैलाई “सबैको हित गरौं” भन्ने दिव्य आदर्श दिन सकोस् यही मेरो कामना छ ।’

प्रकाशित मिति: Apr 5, 2017

प्रतिक्रिया दिनुहोस्