घिसिङको घोषणा: नयाँ वर्षदेखि देशैभर लोडसेडिङ नहुने
काठमाडौं, चैत २२ । विद्युत प्राधिकरणका प्रबन्ध-निर्देशक कुलमान घिसिङले नयाँ बर्षदेखि नेपाली जनताले कहिल्यै पनि लोडसेडिङको समस्या झेल्नु नपर्ने दाबी गरेका छन् ।
अर्को बर्ष साढे दुई सय मेगावाट निजी र सरकारीबाट मूल प्रसारण लाइनमा थपिने भएकाले विद्युत वितरणलाई चुस्त बनाउन सकिने तर्क प्रवन्धक घिसिङको छ।
पत्रकार भेटघाटमा उनले भने, ‘ विद्युत व्यवस्थापन मात्र राम्ररी गर्न सकियो भने धेरै राम्रो गर्न सकिने रहेछ । अब थपिने विद्युतलाई त्यसरी नै सही सदुपयोग गरिने छ।’
विद्युतीय–सुरक्षा दिवसका अवसरमा पत्रकारहरुसँग कुराकानी गर्दै निर्देशक घिसिङले भने, ‘ उद्योगहरुमा लगाइएको चार घण्टाको लोडसेडिङ पनि अबका दिनमा हटाइने छ। तपाईंहरु ढुक्क हुनुहोस् अब हामीले विद्युतको अभाव महसुस गर्ने छैनौं ।’