Logo
७ बैशाख २०८१, शुक्रबार
(April 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंकास्पद रासायनिक आक्रमणबाट ५८ को मृत्यु

काठमाडौँ, चैत २२ । एक शंकास्पद रासायनिक आक्रमणमा सिरियामा ५८ जनाको मृत्यु भएको छ । आक्रमणबाट झण्डै दुई सय घाइते भएको बताइएको छ । आक्रमणपछि मानिसहरु निस्सासिएको र ५८ को मृत्यु भएको बताइएको छ।

विद्रोहीहरुको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबस्थित खान सिखोनमा आक्रमण भएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट’ लाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

या त सरकारी सेना या रुसी सेनाले सो आक्रमण गरेको सो सँस्थाले जनाएको छ । सिरियाको सरकारले भने आफूले रासायनिक आक्रमण नगरेको बताएको छ ।

सोही स्थानमा घाइतेहरुको उपचार भइरहेको एक स्थानीय क्लिनक पनि बमबारीमा ध्वस्त भएको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति: Apr 4, 2017

प्रतिक्रिया दिनुहोस्