Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका उत्तर कोरियालाई एक्लै कारबाही गर्न सक्छ

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई परमाणु कार्यक्रम नरवकेमा अमेरिका एक्लैले रोक्‍ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘चिनियाँ राष्ट्रपति सीजीङ पिङकव आगामी अमेरिका यात्रामा उत्तर कोरियाबारेको मुद्दामा बहस हुनेछ ।’

साथै उनले उत्तर कोरियामाथि चीनको विशेष प्रभाव रहेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘ की चीनले उत्तर कोरियालाई सम्झाउनुपर्छ नत्र अमेरिका उत्तर कोरियाविरुद्ध एक्लै पनि कारबाही गर्न तयार हुन्छ ।’ ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘ चीनले यस बारेमा हाम्रो लागि चीनले मद्दत गरेमा राम्रो हुनेछ, तर नगरेमा कसैको लागि पनि राम्रो हुने छैन ।’

यस्तै ह्वाइट हाउसका अनुसार उत्तर कोरिया अमेरिकाको लागि सबैभन्दा खतरा भएको ट्रम्पको भनाई छ। यसअघि पूर्वराष्ट्रपति बाराक ओबामाले पनि उत्तर कोरिया अमेरिकाको लागि बाधक रहेको बताउँदै आएका थिए । ह्वाइटहाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार केटी म्‍याक फ्यालेण्डले समेत पाइनान्सियल टाइम्सलाई अन्तरवार्ता दिँदै उत्तर कोरियामा अमेरिका परमाणु हमला गर्न सक्षम रहेको बताएका छन् ।

प्रकाशित मिति: Apr 3, 2017

प्रतिक्रिया दिनुहोस्