Logo
१५ बैशाख २०८१, शनिबार
(April 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ घन्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

काठमाडौं, चैत २१ । सुख्खा पहिरोले २ सय मिटर सडक पुरेपछि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्ड अपरान्ह चार बजेपछि सुचारु भएको छ ।

बिहान पौने ११ बजे मुग्लिनदेखि ११ किलोमिटर टाढा घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खसेको थियो। पहिरोमा ट्यांकर, ट्रक, मिनिकार र मोटरसाइकल पुरिएका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार अपरान्ह चार बजेपछि सडकमा सवारी चल्न थालेका हुन् । पहिरोमा सवारी साधन पुरिँदा २ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्  ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सल्यानका रेशराज रानाको सनाखत भएको र अर्का एक जनाको सनाखत हुन नसकेको भट्टले जानकारी दिए ।

प्रकाशित मिति: Apr 3, 2017

प्रतिक्रिया दिनुहोस्