Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२८ देशका सेनाको संयुक्त शान्ति अभ्यास सकियो

पाँचखाल, चैत ६ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेनाले काभ्रेको पाँचखालमा संयुक्त शान्ति अभ्यास गरेका छन् ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो। अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास भएको थियो ।

नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास (तेस्रो) मा भाग लिन आएका उनीहरूलाई रक्षा मन्त्री बालकृष्ण खाँड, नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीलगायतले कार्यक्रम पछि शुभकामना दिएका थिए ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । नेपाली सेनाका चारहजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो। त्यस बेला चारवटा मुलुकका सेनाले भाग लिएका थिए । यस पटकको अभ्यासमा भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, अमेरिकालगायतका देशका सेनाको सहभागिता रहनेछ। आगामी वर्षको तालिम बंगलादेशमा हुने छ । अभ्यासमा एकहजार २४ जना विभिन्न देशका सेनाले भाग लिएका थिए ।

 

प्रकाशित मिति: Apr 3, 2017

प्रतिक्रिया दिनुहोस्