Logo
७ बैशाख २०८१, शुक्रबार
(April 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव चिन्हको माग गर्दै देशैभर प्रदर्शन (भिडियो सहित)

काठमाडौं, २१ चैत्र । नयाँ शक्ति पार्टी नेपालसहित संसदमा नरहेका ६४ दलले सोमबार देशभरका निर्वाचन कार्यालय घेराउ गरेका छन् ।दलीय चुनाव चिन्हको माग गर्दै आन्दोलनरत नयाँ शक्ति पार्टी नेपालसहितका अन्य दलहरुले दलीय चुनाव चिन्ह नपाएको विषयलाई लिएर दोस्रो दिन सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म काठमाडौंसहितका देशभरका जिल्ला निर्वाचन कार्यालय,क्षेत्रिय कार्यालय घेराउ गरेका हुन् ।

आईताबार काठमाडौंस्थित निर्वाचन आयोगको केन्द्रिय कार्यालय घेराउ गरेका उनीहरुले सोमबार आफ्नो कार्यक्रमलाई निरन्तरता दिएका हुन । आइतबार प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टर्राईसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले आफ्ना नेताहरूलाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीहरूले सोमबार काठमाडौंस्थित क्षेत्रीय निर्वाचन आयोगको कार्यालय घेराउ गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले संसदमा नरहेका दललाई दलीय चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णय तानाशाही भएको आरोप लगाउँदै आफूहरुको माग सम्बोधन नभए चुनाव हुन नदिने चेतावनी दिएका थिए ।

भिडियो हेर्नुहोस् :- 

प्रकाशित मिति: Apr 3, 2017

प्रतिक्रिया दिनुहोस्