Logo
१६ बैशाख २०८२, मंगलबार
(April 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुत्नु अघि मोबाइल प्रयोग गर्दा, यस्ता छन् साइड इफेक्ट्स

एजेन्सी,  मोबाइल मानिसहरुको अभिन्न अंगको रुपमा विकास भइसकेको छ । यस्तो अवस्थामा यसलाई जीवनबाट अलग्गाउनु निकै कठिन छ । यति हुँदा हुँदै पनि यसको प्रयोग आवश्यकताभन्दा बढि बिढि गरियो भने यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । यस विषयमा विभिन्न अनुसन्धान पनि भइसकेको छ । यहि अनुसन्धानलाई आधार बनाएर राती मोबाइल प्रयोग गर्नुका ९ साइड इफेक्टबारे जानकारी दिँदै छौं ।

निन्द्रामा कमीः

राती सुत्नुभन्दा पहिले मोबाइलको प्रयोग गर्दा शरिरमा मेलाटोनिन हर्मोनको स्तर कम हुन थाल्छ जसका कारण निकै ढिला निन्द्रा लाग्ने समस्या हुनसक्छ । (हार्वर्ड युनिभर्सिटीको अनुसन्धान)

आँखाको ज्योतीमा कमीः

राती सुत्नुभन्दा अघि मोबाइल प्रयोग गर्दा आँखाको रेटिनामा नकारात्मक असर पर्ने गर्दछ । यसले आँखाको ज्योती कमजोर हुने गर्दछ । (स्रोतः अमेरिकन मस्कुलर डिजनरेशन फाउन्डेशन)

तनाव बढ्छः

अबेर राती मोबाइलको प्रयोग गर्दा मेलाटोनिक हर्मोनको स्तर कम हुन्छ । यसले तनाव बढ्ने गर्दछ । (युनिभर्सिटी अफ वरसेन्टर, बेलायतको अनुसन्धान)

दिमागमा असरः

अबेर राती मोबाइल प्रयोग गर्दा ब्रेन ट्युमरको खतरा निम्तिने गर्दछ । यसले स्मरण शक्ति कमजोर हुनसक्छ । (स्रोतः ब्रोर्डेक्स युनिभर्सिटी, फ्रान्सको अनुसन्धान)

थकानः

राती धेरै बेरसम्म मोबाइल प्रयोग गर्दा निन्द्रा पूरा हुन पाउँदैन । यसले गर्दा दिनभरी थकानको महसुस हुने गर्दछ ।

ग्लूकोमाः

अबेर रातीसम्म मोबाइल प्रयोग गर्दा दिमागसम्म सिग्नल पुर्याउने अप्टिक तन्त्रिकामाथि नराम्रो असर पर्ने गर्दछ । यसले ग्लूकोमाको समस्या हुनसक्छ ।

फोकसिङ मसल्समा असरः

राती लामो समयसम्म मोबाइल प्रयोग गर्दा आँखाको फोकसिङ मसल्समाथि नराम्रो असर पर्ने गर्दछ । यसले कुनै पनि कुरामा फोकस गर्न समस्या हुनसक्छ ।

आँखा रातो हुने समस्याः

राती धेरैसम्म मोबाइल वा ट्याब्लेट प्रयोग गर्दा यसको प्रकाशले आँखालाई रातो बनाउने समस्या पैदा गर्नसक्छ ।

डार्क सर्कलः

अबेर रातीसम्म मोबाइल प्रयोग गर्दा आँखामा दबाब पर्ने गर्दछ । यसले डार्क सर्कलको समस्या निम्तिने गर्दछ ।

प्रकाशित मिति: Apr 2, 2017

प्रतिक्रिया दिनुहोस्