Logo
८ चैत्र २०८१, शनिबार
(April 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिर्ष नेता भेटेर भारतीय राजदूत एकाएक दिल्लीतिर 

काठमाण्डौ,२० चैत । नेपालका लागि नयाँ भारतीय राजदूतको बनेर आएका राजदूत मन्जिम्व सिंह पुरी नयाँ दिल्ली पुगेका छन् । उनी शनिबार दिल्ली पुगे पछि राजनीतिक सरगर्मी बढेको छ । भारतबाट कार्यभार सम्हाल्न चैत १२ गते नेपाल ओर्लेका पुरीले आएकै दिनदेखि सक्रियता बढाएका थिए ।

पशुपतिनाथको दर्शन गरेर राजनीतिक भेटवार्ता सुरु गरेका पुरीले भोलिपल्टदेखि नै राजनीतिक भेटघाटलाई तीब्रता दिएका थिए । १३ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका थिए । पछिल्लो समय चैत १८ गते विहान संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफै गएर उनलाई भेटेका थिए ।

शनिबार सम्पूर्ण ब्रिफिङ्ग गर्न उनी दिल्ली हानिएका हुन् । नेपाल आएसँगै उनले हिन्दु राज्य र फास्टट्रयाक, लगायतको बारेमा निकै चासो राखेका थिए । दिल्लीबाट उनी मंगलवार फर्किने भएकाछन् ।

उनको १० राजनीतिक महत्वपुर्ण भेट यी हुन् :

१३ गते राष्ट्रपति विद्या देवी भण्डारी ,१३ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,१४ गते एमालेका केपी शर्मा ओली,१५ गते उपप्रधानमन्त्री कमल थापा,१५ गते उपप्रधानमन्त्र विमलेन्द्र निधि,१६ गते भौतिक योजना मन्त्री रमेश लेखक,१७ गते माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड,१७ गते परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत,१८ गते उपराष्ट्रपति नन्दबहादुर पुन,१८ गते तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत अन्य गोप्य भेटवार्ता गरेका थिए । यसैबिच आँउदो २४ गते उनी पूर्व राजा ज्ञानेन्द्र शाहले आयोजना गरेको ब्रतबन्ध दिवा भोजमा उपस्थितीसमेत जनाउने भएकाछन् ।

प्रकाशित मिति: Apr 2, 2017

प्रतिक्रिया दिनुहोस्