गाई काट्नेलाई आजीवन जेलको सजाय
गुजराज, (एजेन्सी) । भारतको पश्चिमी राज्य गुजरातले पशु आरक्षण सम्बन्धि कानुनमा संसोधन गर्दै गाई हत्यामा संलग्न व्यक्तिलाई आजीवन जेलको व्यवस्था गरेको छ ।
भारतको केही राज्यमा गाई हत्यालाई गैरकानुनी मानिएको छ। तर, यति कडा कानुन संसोधन भएको थिएन्। आरोपीलाई १ लाखसम्मको आर्थिक सजाय हुन सक्ने पनि बताइएको छ।
संसोधित विधानअनुसार गाईको मासुको व्यापार गरेको भेटिएमा त्यस्ता व्यक्तिलाई १० वर्षसम्मको जेल सजायको प्रावधान पनि राखिएको छ ।