Logo
८ बैशाख २०८१, शनिबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेडरुममै खिचेको सेल्फी सार्वजनिक भएपछि जागिरै चट्

एजेन्सी, अमेरिकामा बस्ने एक महिला शिक्षिकाले इन्टरनेटमा आफ्नो सेल्फी पोष्ट गर्दा जागिर गुमाउनु परेको छ । वास्तवमा ३० वर्षीया लिडा फग्र्यूसनले केहि समय अघि आफ्नो बेडरुममा सेल्फी खिचेर त्यसलाई आफ्नो सोसल मिडियामा पोष्ट गरिन् जसका कारण स्कूल म्यानेजमेन्टले उनलाई निलम्बन गरेको छ ।

लिडा तीन बच्चाकी आमा हुन् र ओउसालेल स्कूलमा लामो समयदेखि बच्चालाई पढाइरहेकी छिन् ।

उनले फेसबुकमा राखेको फोटो उनका सिनियर स्टाफलाई मन परेन र अत्यधिक उत्तेजक भएको भन्दै लिडालाई विद्यालय प्रशासनले निलम्बन गरेको छ । यद्यपी, लिडाले फोटोमा यस्तो कुनै खराबी नभएको भनी खण्डन गरेकी छिन् ।

लिडालाई स्कूलबाट निलम्बन गरेपछि उक्त विद्यालयका छात्र उनको बचाउमा उत्रिए । छात्रले उनको समर्थनमा ‘Get Miss Ferguson Back’ नामको एक याचिका पनि लञ्च गरेको छ ।

उनी निकै बुद्धिमान शिक्षिका भएकाले उनलाई तुरुन्त फिर्ता बोलाउनुपर्ने विद्यार्थीले माग गरेका छन् । एक विद्यार्थीले शिक्षिकालाई निलम्बन नै गर्नुपर्ने उक्त फोटोमा केही पनि नभएकोले उनलाई छिट्टै बोलाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्