Logo
१२ बैशाख २०८१, बुधबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैथिली भाषाको पहिलो धार्मीक फिल्म आउदै


मैथिली सिनेमा प्रति युवाहरुको आर्कषण बढदै 

काठमाण्डौ  । मैथिली गीत संगीत र सिनेमा प्रति युवाहरुको आर्कषण बढदै गएको देखिन्छ । बिराटनगर, सुनसरी, सप्तरी, सिरहा र जनकपुरबाट एक पछि अर्को गर्दे मैथिली फिल्म निर्माण गर्ने क्रम बढदै गएको देखिन्छ ।

यसै क्रममा पछिलो समय सप्तरीको राजविराज स्थीत डि.एन.ए. फिल्म प्रोडक्शनको प्रस्तुति तथा अनिता यादब र नारायण यादब निर्माता रहेको मैथिली भाषाको पहिलो धार्मीक फिल्म छिन्नमस्ता जय सखडेश्वरी माँ निर्माणको अन्तिम चरणमा पुगेको कुरा फिल्मका निर्देशक धर्मेन्द्र चोैधरीले जानकारी दिएका छन् ।

डि.पी. शास्त्रीको कथा, यज्ञ पराजुलीको छायाँकन रहेको यस फिल्ममा सुमधुर गीत संगीत सुभाष यादव(विरपुरीया) को रहेको छ । यस फिल्मको छायाँकन सप्तरी जिल्लाको विभिन्न रमनिय स्थानहरुमा गरीएको छ । सप्तरी जिल्लाको छिन्नमस्तामा हुनलागेको चण्डी महायज्ञलाई लक्षीत गरी प्रर्दशन गर्ने कुरा निर्देशक धर्मेन्द्र चोधरीले बताएका छन् ।

स्थानिय स्तरमा खयाती कमाएका कलाकारहरुलाई प्राथमिकता दिएका छन् । यस फिल्ममा अभिनय गर्ने कलाकारहरुः सुभाष विरपुरीया, अनिता यादव, डि.पी. शास्त्री, विजय कामत,कमल मण्डल, प्रिति अधिकारी, कोैशीस चोैधरी, रेणुका चोैधरी, सरस्वती राउत, जिवछ दास,भुपेन्द्र मण्डल, रविन्द्र मण्डल लगायत रहेका छन् ।

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्