Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा निराधार

काठमाडौं, १७ चैत्र । विजयकुमार गच्छदारको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा निराधार रहेको पुष्टि भएको छ ।

मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले न्यूज अभियानसँगको कुराकानीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा निराधार रहेको बताए ।

उनले भने,‘कसले मिडियामा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) सरकारबाट बाहिरिएको भन्ने समाचार आयो, यो सरासर झुट,कपोकल्पित हो ।’

यसअघि केही संचारमाध्यममा दुई दिनसम्म चलेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको समाचार लेखेका थिए । उनले आफ्ना कुनै नेताले त्यस्तो नबोलेको बताउँदै बोल्ने नेतालाई कारबाही गर्ने चेतावनी दिए ।

साथै गच्छदारले, आफ्नो पार्टी तत्काल कसैसँग एकीकरण नहुने बताउँदै बजारमा कांग्रेससँग गाभिँने आएको हल्ला निराधार रहेको बताए । उनले भने,‘बजारमा हल्ला अनेक आउँछ, कांग्रेसमा जाने तयारी केही छैन् ।’ उनले तत्काल आफ्नो पार्टी सरकारमा समेत नजाने बताए ।

यसअघि गच्छदार कांग्रेसमा जाने हल्ला निकै चलाइएको थियो । त्यस्तै राप्रपाका अध्यक्ष कमल थापा सरकारमा जादाँ उनी पनि जाने बताइएको थियो तर उनी गएनन् । बजारमा आउने हल्लको पछी नलाग्न समेत उनले सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्