Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले मतदान केन्द्रको ‘लाइभ स्ट्रिमिङ’ गर्ने

काठमाडौं, १६ चैत ।  वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन तयारीमा जुटेको निर्वाचन आयोगले सुरक्षा दृष्टिले सम्वेदनशील ठानिएका मतदान केन्द्रबाट ‘लाइभ स्ट्रिमिङ’ गर्ने र त्यसलाई जिल्ला सदरमुकाम तथा केन्द्रबाट ‘मनिटरिङ’ गर्ने भएको छ । मतदान केन्द्रबाट गरिने त्यस्तो भिडियो लाइभ जिल्ला सदरमुकामस्थित आयोग तथा काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालयले मनिटरिङ गर्नेछ। आयोगको लाइभ स्ट्रिमिङ सार्वजनिक रुपमा भने हेर्न पाइने छैन ।

‘स्वतन्त्र, भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले प्रविधिको व्यापक प्रयोग गर्दैछ’, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले भने, ‘सुरक्षा सम्वेदनशीलता भएका केन्द्रहरुबाट हामी लाइभ स्ट्रिमिङ गछौं।’ ‘स्वतन्त्र, भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले प्रविधिको व्यापक प्रयोग गर्दैछ’, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले नागरिकन्युजसँग भने, ‘सुरक्षा सम्वेदनशीलता भएका केन्द्रहरुबाट हामी लाइभ स्ट्रिमिङ गछौं।’

प्रमुख आयुक्त यादबले वैशाख ३१ निर्वाचन अब कुनै शक्तिले पनि रोक्न नसक्ने दाबी गरे। ‘आयोगले उच्चस्तरीय राजनीतिक परामर्श गरिरहेको छ । मधेसी मोर्चाबाट पनि ज्यादै सकारात्मक प्रतिक्रिया आएको छ। वैशाख ३१ चुनाब अब कुनै पावरले पनि रोक्न सक्दैन’, उनले भने ।

मतदाताको अन्तिम नामावली प्रकाशन गर्न आयोगको आइटी विभागले अहिले दुई सिफ्टमा काम गरिरहेको छ । आयोगले फागुन ९ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो । ती नामावलीलाई संघीय संरचनाअनुसार परिमार्जन तथा त्रुटि सच्याउने काम भइरहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

‘हामी चैत २० मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेगरी काम गरिरहेका छौं। नामावलीलाई अहिलेको नयाँ ठेगानाअनुसार परिमार्जन गर्नुपर्ने तथा सानातिना त्रुटि मिलाउँदैछौं’, प्रवक्ता शर्माले भने, ‘कतिपय ठाउँमा मतदान केन्द्र परिवर्तन भएका छन्। अहिले त्यसलाई सुधार गरेर फाइनल भेरिफाइपछि नामावली सार्वजनिक गर्छौं’, शर्माले भने।

आइटी विभागका प्रमुख लक्ष्मी झाका अनुसार गल्ती नहोस् भन्नका लागि भेरिफाईमा संयमता अपनाइँदैछ। ‘हामी चार—पाँच तहको भेरिफिकेसनपछि मात्र डाटा सार्वजनिक गर्छौं’, उनले भने, ‘कम्प्युटरमा डाटा राख्नुभन्दा पहिला प्रिन्टमा भेरिफाई हुन्छ, त्यसलाई कम्प्युटरमा इन्ट्री गरेपछि फेरि भेरिफाइ गरिन्छ ।

प्रकाशित मिति: Mar 29, 2017

प्रतिक्रिया दिनुहोस्