Logo
१३ बैशाख २०८१, बिहीबार
(March 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशमा फेरी थपियो नयाँ पार्टी: क-कस्ले बनाए पार्टी ?

काठमाडौं, चैत १६ । पार्टीहरु बन्ने तथा फुट्ने क्रम सामान्य जस्तै बनिसकेको नेपालमा आज फेरि एउटा पार्टीको जन्म भएको छ ।
केहि पहिला कमल थापा नेतृत्वको राप्रपासँग विद्रोह गरेका नेता प्रकाशचन्द्र लोहनीको अध्यक्षमा बुधबार ‘एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)’ को घोषणा गरिएको हो ।

सो पार्टीमा वरिष्ठ राजनीतिज्ञ केशरबहादुर विष्टदेखि पञ्चायतकालीन पृष्ठभूमिका नेताहरुको सहभागिता रहेको छ । पार्टीको विधानमा १७५ जना केन्द्रीय सदस्य बनाउने रहने व्यवस्था गरिएको र बाँकी केन्द्रीय सदस्य पछि थप्दै गइने सो पार्टीका नेता श्याम तिमल्सिनाले जानकारी दिए ।

केशर बहादुर विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तरसमेत मिलेर लोहनीको अध्यक्षतामा नयाँ पार्टीको घोषणा गरिएको हो । नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र रहेकाे छ भने पार्टीको चुनाव चिन्ह हलो राखिने समझदारी भएको छ ।

लोहनीले गत फागुन २९ गते कमल थापाले एजेण्डालाई सत्तामा जाने भर्याङ बनाएको, पार्टीमा मनपरि गरेको, हलो चुनाव चिन्ह त्यागेकोलगायतका १० बुँदे आरोप लगाई परित्याग गरेको घोषणा गर्दै नयाँ पार्टी गठनको तयारी थालेका थिए ।

पत्रकार सम्मेलनमा लोहनी र विष्टले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको लागि जस्तोसुकै आन्दोलन गर्न पनि अाफूहरू तयार रहेको बताउँदै नेपाललाई हिन्दुराष्ट्र बनाइनुको विकल्प नभएको तर्क पेश गरे ।

प्रकाशित मिति: Mar 29, 2017

प्रतिक्रिया दिनुहोस्