Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से ७६ अंकले बजार बढ्दा एक अर्ब ३८ करोडको कारोवार : तालिका–सहित

काठमाडौं, १५ चैत । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्सेमा उछाल आएको छ । आज नेप्से ७६ दसमलव ७९ अंकले बढेर १६ सय १० दसमलव ६२ अंकमा चढेको छ । नेप्से सेन्सिटिभ पनि १७ दसमलव दुुई अंकले बढेर तीन सय ५० दसमलव ५० अंकमा चढेको छ ।

कुुल एक सय ४४ कम्पनीहरुको आठ हजार तीन सय ९१ वटा कारोवारमा २५ लाख ८१ हजार २९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ३८ करोड आठ लाख २२ हजार चार सय ५८ रुपैयाँ पुुगेको छ ।

आज कारोवार सुरु भएको पहिलो आधा घण्टामा नै नेप्से तीन प्रतिसत भन्दा उच्च अंकले बढेपछि  तीन पटकसम्म सर्किट बे्रक लागेको छ । सो पश्चात पनि नेप्सेको निरन्तर बढ्ने क्रम नरोकिएपछि  निर्धारित कारोवार समय भन्दा आधा घण्टा अघि नै सेयर कारोवार बन्द गरिएको थियो ।

आज कुुल आठ वटा समुहको कारोवार भएकोमा उत्पादनमुुलक समुहको कारोवार स्थिर रहेर बाँकी समुहको कारोवार उच्च अंकले बढेको छ । बीमा समुहको सुचक पाँच तीन दसमलव ११ अंकले बढेर सात हजार नौ सय ३३ दसमलव ३८ अंकमा कायम रहेकोमा ३१ करोड २१ लाख २८ हजार रुपैयाँको कारोवार भएको छ ।

यसैगरी जलबिद्युुत समुहको सुचक एक सय छ दसमलव ५१ अंकले बढेर दुुई हजार एक सय एक दसमलव २७ अंकमा कायम रहेकोमा आठ करोड ६९ लाख ६३ हजार सात सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैंक समुहको सुचक ७५ दसमलव नौ अंकले बढेर १५ सय १७ दसमलव ६७ अंकमा कायम रहेकोमा ७० करोड ७९ लाख दुुई हजार रुपैयाँको कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक पनि आज ८२ दसमलव ९७ अंकले बढेर १७ सय ९९ दसमलव २६ अंकमा कायम रहेकोमा १९ करोड ११ लाख ६७ हजार रुपैयाँको कारोवार भएको छ ।

आज होटल समुहको सुचक ७१ दसमलव नौ अंक्ले बढेको छ भने फाईनान्स समुहको सुचक ३८ दसमलव ९४ अंकले बढेको छ । यसैगरी अन्य समुहको सुचक पनि १० दसमलव १२ अंकले बढेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा बुुटवल पावर कम्पनी परेको छ भने बढी गुुमाउने कम्पनीमा एनएमबी माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ । आज गुमाउने कम्पनी तीन वटा कम्पनी मात्र परेकाछन । रकम कारोवारका आधारमा भने आज नेपाल बंगलादेश बैक अग्रस्थनमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम  कारोवार भएको मुल्य  बढेको मुल्य
बुुटवल पावर कम्पनी      ६९३ १०
२  गुुराँस लाईफ इन्स्योरेन्स कम्पनी    ८६९ १०
सगरमाथा इन्स्योरेन्स कम्पनी     १३७५ १०
माउन्ट मकालुु डेभलपमेन्ट बैंक     ६६० १०
५  कालिका माईक्रो क्रेडिट डे. बैंक   २०९०  १०

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
एनएमबी माईक्रो फाईनान्स      १८०६ १.९५
जेविल्स फाईनान्स       २४६ १.६
किसान माईक्रो फाईनान्स       २११९ ०.०४

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम  अन्तिम मुल्य
१  एनबी बैंक      ९४४७४३६३ ७५०
सानिमा बैंक      ७५७०२७५२ ५६४
एनसीसी बैंक      ६१२८३८२९ ३९५
प्रभुु बैंक      ५०४०९०९७ ३९७
५  लक्ष्मी बैंक      ४५०९३६५९ ७९९

प्रकाशित मिति: Mar 28, 2017

प्रतिक्रिया दिनुहोस्