Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता खड्काले दर्ता गराएको हिन्दु राष्ट्रको प्रस्ताव यस्तो

काठमाडौं, १३ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता एंव नेपाली कांग्रेस सनातन हिन्दूरास्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्काले कांग्रेस केन्द्रिय समितिको बैठकमा हिन्दु राष्ट्र नेपालको प्रस्ताव दर्ता गराएका छन् ।

आज देखि केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा शुरु भएको केन्द्रीय समितिको बैठकमा नेपाल हिन्दु राष्ट्र हुनुपर्ने भन्दै सो प्रस्ताव दर्ता गराएका हुन ।

उनले दर्ता गराएको प्रस्तावमा, हिन्दुराष्ट्र नेपाल जनमत सङ्ग्रहद्धारा छिटो टुंगो लगाइयोस् भन्ने बारेमा छ ।

संविधान सभाबाट संविधान जारी भइसकेपछि पनि मुलुकमा स्थायित्व र शान्ति प्राप्त गर्न नसकी अन्योल र अराजकता कायम रहेको भन्दै देशलाई निकास दिनका लागि नेपाली कांग्रेसले ऐतिहासिक कदम चाल्नै पर्नेमा खड्काले जोड समेत दिएका छन् ।

उनले दर्ता गराएको प्रस्वात यस्तो छ ।

प्रकाशित मिति: Mar 26, 2017

प्रतिक्रिया दिनुहोस्