Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झुकिकनु होला फेरीः यो आइफोन होइननी !

विवाहले हरेक मानिसको जीवनमा एक महत्वपूर्ण स्थान ओगटेको हुन्छ । कोहीले आफ्नो विवाह निकै धुमधामसँग गर्छन् भने कसैलाई साधारण तरिका मनपर्छ । त्यसमाथि केही व्यक्ति यस्ता हुन्छन् कि जसलाई थोरै रचनात्मक हुन मनपर्छ । यसै सिलसिलामा यहाँ दिल्लीका सुरेश र विद्या प्रियंकाको कुरा गरिँदै छ ।  उनीहरुले आफ्नो विवाहलाई भिन्न बनाउनका लागि जे गरे, सायदै त्यो अहिलेसम्म कसैले गरेका छैनन् ।

दुबै मार्च २ तारिखमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुको विवाह आमा–बुवाले तय गरेका थिए । तर दुबैजना विवाह पूर्व नै नजिकिए । करिब एक वर्ष पहिले उनका आमाबुवालाई उनलाई चेन्नईमा भेटाइदिए । त्यसपछि उनीहरु सम्बन्ध सुमधुर रुपमा अघि बढ्यो जुन विवाहमा परिणत भयो ।

उनीहरु आफ्ना साथीका लागि अचम्मको कार्ड पठाउन चाहन्थे र दिमागमा एक सोच बनाए  यदि तपाईं पनि विवाह गर्दै हुनुहुन्छ र आफ्ना साथीहरुमाझ केही असाधारण र रचनात्मक निमन्त्रणा कार्ड पठाउन चाहनुहुन्छ भने तपाईंले यो तरिका अपनाउन सक्नुहुन्छ । यसमा दिमाग लाग्नेछ, पैसा होइन । एजेन्सी

 

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्