Logo
१२ बैशाख २०८१, बुधबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सुरु भयो सैनिक कुटनीतिः नेताको कुटनीति फेल !

काठमाडौं, ११ चैत । निर्वाचन हुन्छ कि हुन्न भन्ने द्विविधा छ, राजनीतिक बबाल बढेको छ प्रधानमन्त्री चीन सयरमा निस्किए ।अमेरिकाका सेनापति आए, प्रधानमन्त्रीले राम्रोसँग कुरासमेत गरेनन् । चीनका रक्षा मन्त्री आए, प्रधानमन्त्रीले हात मिलाएर उनको देशाटन गर्न हिडे । अव भारतका सेनापति आउँदैछन्, प्रधानमन्त्री नेपालमै छैनन् ।

क्या गजब, राजनीति वल्लो किनार न पल्लो तीर भइरहेछ, देशका प्रधानमन्त्री बेफिक्र विदेशतिर लागेका छन् । योभन्दा समस्याग्रस्त मुलुक कुन होला ?

अमेरिकी नौसेना प्रमुख ह्यारी बिन्को ह्यारिस नेपाल हेर्नमात्र आएका थिएनन्, न त नेपाली सेनाको कवाज हेर्न आएका थिए । चीनका रक्षामन्त्री आउनासाथ राजदरवार हेर्न गए किन ? के उनी दरवार हत्याकाण्ड भएको ठाउँ हेर्न आएका हुन् ?

अव भारतका सेनापति विपिन रावत नेपाल आउँदैछन्, उनी राष्ट्रपतिको हातबाट नेपालको मानार्थ प्रधानसेनापति भिर्नमात्र आउन लागेका होइनन् ।

विश्वशक्ति हो अमेरिका, शक्तिशाली छ चीन, र शक्ति नै हो भारत । तीन देशका सैनिक मामिलाका निर्णायकहरुको नेपालमा आवतजावत भइरहेको छ, राजनीतिलाई अरिुथर र अराजक भइरहेका बेलामा प्रधानमन्त्री विदेश सयरमा जान्छन् ।

त्यो पनि चीनका प्रधानमन्त्री र रक्षा मन्त्री नै नभएको बेलामा । योभन्दा हावादारी सरकार अरु होला ? के कूटनीतिले हावा खाएपछि सैनिक कूटनीति चल्न लागेको संकेत हो यो ? विश्लेषकहरु यसै भन्छन् ।

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्