प्रधानमन्त्री दाहाल र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटबार्ता
चीन, चैत ११– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ उपप्रधानमन्त्री झाङ गाउलीलसँग भेटवार्ता गरेका छन् ।
आज दिउँसो प्रधानमन्त्री प्रचण्डले आफु बसेको चीनको हाननस्थित बोआओ स्टेट गेष्ट हाउसमा चिनियाँ उपप्रधानमन्त्री गाउलीसँग भेटघाट गरेका हुन् ।
यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले हानानमा आजै गौतम बुद्धको जीवन दर्शनमा आधारित थान्का प्रर्दशनीको अवलोकन गरेका थिए ।
बोआओ सम्मेलन सकेपछिप्रधानमन्त्री चिनियाँ राष्ट्रपतिलगायतका अधिकारीहरुसँग भेटबार्ताका लागि बेइजिङ जाने कार्यक्रम रहेको छ ।